सिन्धुपाल्चोक । आसन्न स्थानिय तहको निर्वाचन लाई मध्यनजर गर्दै माओवादी केन्द्रले आफ्नो चुनावी रणनितिलाई आम स्थानिय नेता तथा कार्यकर्ता बिचमा लैजाने उदेश्यले बिभिन्न कार्यक्रमहरु गरीरहेको छ । ७३ औं पार्टी स्थापना दिवस तथा १५२ औं लेनिन जयन्ति को अवसरमा आज सिन्धुपाल्चोकको बिभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भएको छ ।
स्थानिय तहको निर्वाचन लाई केन्द्रित गर्दै माओवादीले आज मतदाता शुरक्षा दस्ताको समेत गठन गरेको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा भएको कार्यक्रममा पार्टीको बलेफी गाउँपालिका अध्यक्ष मौसम को शभापतित्व, पार्टीको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज माधव सापकोटा (सुबोध) को प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य अमृता नेपाल (प्रभा ) को बिशिष्ट आतिथ्यता , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका सचिव तोकेन्द्र गधराज , बलेफी काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष सुवास तामाङ लगायतको आतिथ्यता र स्थानिय नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।
एक बुथ २५ युथ भन्ने नारालाई अघि सार्दै माओवादीले वाईसिएल , बिद्यार्थि , तथा पार्टीका भातृ र भगिनि संगठनहरुबाट कृयाशिल युवाहरुलाई चुनावी रणनितिको मुख्य भागमा राखेर कार्य गर्नको लागि अस्थायी फोर्सको रुपमा मतदाता शुरक्षा दस्ताको तयार गरेको जनाईएको छ ।
सिन्धुपाल्चोक वाइसिएल ईन्चार्ज तथा बलेफी वडा नं ६का वडा अध्यक्ष चित्र बहादुर तामाङका अनुसार “मतदाता शुरक्षा दस्ताको काम कोहि कसै संग निहु खोज्नु या झै झगडा गर्नु नभएर सर्वप्रथम आफ्नो पार्टीको मतदाताहरुलाई वैचारीक बिचलन हुनबाट राक्दै मतको शुरक्षा गर्नु हुने छ । तर माओवादी लाई कमजोर सोचेर गलत ब्याख्या गर्दै गिराउने खालका कार्य भएमा र आफैं निहु खोज्दै आईलागेमा मतदाता शुरक्षा दस्ताले संगठित तबरले त्यसलाई ठिक पार्न जस्तोसुकै कदम चाल्न पनि सक्ने छ । ”
कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका सचिव तोकेन्द्र गधराजले भौतिक आक्रमण नै हुने अवस्था आएमा आफ्नो शुरक्षाको लागि घुँडा भन्दा तल हानेर भएपनि आफु शुरक्षित रहन मतदाता शुरक्षा दस्तालाई निर्देशन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज माधव सापकोटा (सुबोध) ले संयमित भएर आफ्नो पार्टीको रणनिति अनुसार अगाडी बढ्न आम नेता कार्यकर्ता हरुलाई निर्देश गर्दै मनि र मसल को पावर सो गर्न कोहि आउँछ भने त्यसको बिरुद्धमा लाग्दा हुने सबैप्रकारको जिम्मा लिन जिल्ला पार्टी तयार रहेको बताउनु भएको छ ।
पैसाले मत किन्न खोज्नेहरुको पैसा खोसेर सार्वजानिक काममा लगाउन मतदाता शुरक्षा दस्ताले बिशेष अभियान नै संचालन गर्ने उहाँको भनाई छ ।
मतदाता शुरक्षा दस्तालाइ छोटकरीमा र प्रभावकारी उच्चारण बनाउन भि फोर्स को नामाकरण गरीएको छ ।
कार्यक्रमलाई सांगितिकमय बनाउन सिन्धुपाल्चोकका चर्चित लोक गायक कुमार चालिसे ले आफ्नो प्रस्तुति राख्नु भएको थियो ।









