सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालेन शाहहरु र राजनैतिक प्रबृती

–शम्भु उप्रेती
आम नागरिक हरुको नजरमा सक्षम,दुरदर्शी,लोकप्रिय मानिएका यूवा स्वतंत्र राजनीतिक सोच बोकेको बालेन शाहको काठमाडौ महानगरीमा एका एक बड्दो लोकप्रियता ले नया तरंग ल्याउदै छ । राजनितीमा स्थापित पुरानो दलको उम्मेदबार हरु माझ मेयर पदको निकटतम बिजेता प्रतिद्वंद्वी को रुपमा उदाउदै गर्दा केही बौद्धिक मानिने यथास्थितिवादी बर्गहरु हरु समेत अत्तालिदै गरेको आभास हुदैछ ।
कथित राजनैतिक बिश्लेषक, बरीस्ट पत्रकार बाट समेत नजर अन्दाज गरी हचुवाको भरमा भूगोल र जातिय कुतर्क जस्तो अपमानजनक टिप्पणी हरु अपाच्य मात्र होईन निन्दनीय पनि छन ।
स्मरण रहोस् नेपालमा २५० बर्ष देखि एक छत्र शासन चलाएका शाहबंस को पतनको कारण स्वयम उनिहरुको पारीबारीक कलह, बेमेल र गलत मानसिकता बोकेको केही आसेपासेहरु सल्लाहाकार हुनु पनि प्रमुख कारण मानिन्छन ।
लोकतान्त्रिक ब्यबस्थाको बहाली पश्चात दलका शिषर्थ नेताहरु बाट जनअपेक्षा बिपरीत भ्रस्ट र गुट बन्धी, पारबारीक स्वार्थ सिद्ध को लागी पार्टी प्रति को निस्ठा र आदर्श बिपरीत कामहरु गरिनुको कारण प्रमुख तिनै वटा अगुवा दलहरु का नेतृत्व हरु जनमानस हरु माझ अलोकपृय र आलोचित बन्दैछन । कार्यकारी प्रमुख जस्तो सम्मानित पदमा रहदा समेत आफ्नै अलोकपृय काम कारबाही को कारण पालै पालो अलोकपृयता को पगरी भीर्दै बाहीरिनु को नियती दोहोरिदै छ । झनै शक्ति बाडफाडमा असहमती बड्न गई कम्युनिस्ट हरुको दुई तिहाई बहुमत को सरकार बाट बाहीरिनुको नियती भोगेका र आपसी असिस्ट शैली को कलह प्रदर्शन नरोकिनुले जनमानस मा उपेक्षित र अलोकपृय बनिसकेको अबस्था देखियो । जुन प्रजातन्त्रको संस्थागत बिकास को दृष्टि कोण बाट निजहरु कलंकित बनेको अबस्था देखिदैछ । भले दलका कट्टर समर्थक हरु र स्वार्थ समूह आफ्नो दलका अलोकपृय कामको समेत ढाक छोप स्तुति गानमा रमाउनु पुरानो राजाबादी हरुको नियती दोहोरीने निश्चित देखियो।
शक्ति पृथक्करण को मर्म अनुरुपको राज्य संचालनका तिन वटा महत्वपूर्ण संबैधानिक अंगहरु कार्यपालिका,न्यायपालिका र ब्यबस्थापिका र निर्बाचन आयोग , अखÞ्तियार दुरुपयोग अनुसंधान आयोग जस्तो महत्वपूर्ण संबैधानिक निकायहरु मा समेत लाई आआफ्नो दलहरु को स्वार्थमा प्रभावित गर्नु झनै लोकतांत्रिक ब्यबस्थाको धज्जी उडाउने काम हरु निर्लज्ज रुपमा हुदैछ ।
यस्तो अपृय परिस्थिति बाबजुत कम्सेकम निरासा बोकेको नागरिक हरुमा राजनिती प्रति को आशाको किरण बनेका बालेन को स्वतंत्र उम्मीदवारी र सम्भाबित बिजयको गन्ध संग झस्किनु पुराना पार्टीका बफादार छदमभेषी कारीन्दा हुनुको परीचय को रुपमा अर्थात् नुनको सोझो गरेको सिबाय केही होईन जुन घाम जतिकै छर्लंग छ ।
अबका दिनहरुमा कम्सेकम उम्मेदबार को क्षमताको मूल्यांकन नगरी फोस्रा नारामा बहकिएर आफु लाई अमुक पार्टी को बफादार देखिन गरीने लुरु लुरु अन्धो भक्ति स्तुतिगान सहीत मताधिकार प्रयोग गरीने प्रचलन बाट मुलुकको हित हुन्न । राजनैतिक बृतमा चर्चा को सिखरमा रहेका काठमाडौ र चितवन को चुनावी माहौल बाट स्पस्ट भईसकेको अबस्था हो । आफैमा योग्य र क्षमता बान मानिस लाई कसरी जनताहरु मूल्यांकन को कसीमा मापन गर्छन र कसरी ठेगाना पनि लगाई पनि दिन्छन ।
राजनितीमा अपराधी करण को संकेत को रुपमा भ्रष्टाचार,गुट उपगुट र नाताबाद कृपाबादलाई प्रसय दिनुबाट केवल मुलुकको राजनेता बन्ने बरीष्ट नेताहरु लाई भ्रष्ट बनाउन मद्धत पुर्याउनु सिबाय केही होईन । खÞुशी को कुरा यस पटकको चुनाबमा दलको नाममा नभई ब्याक्तिको क्षमता को बिचार गरी अधीकांस स्थानहरुमा मत बिभाजन हुनु, आफ्नो पार्टी को नेतृत्व बाट गरीएको अलोकपृय निर्णय र ह्वीप उल्लंघन गर्ने साहाश कार्यकर्ता हरुमा देखिनु, लोकतन्रीक सु संस्कार र जनताहरु को चाहाना मुखराबृतको सुखद सुरुवात को रुपमा लिईदैछ । राजनैतिक सिद्धांत र आदर्श बिना राजनैतिक गठबंधन को नाममा मुलुकको भागबन्डा मा रमाउने अभीलासा अनन्त काल सम्म सत्तालिप्स हुने महत्वाकांक्षी योजना हरु कर्मश तुहीईदै गरेको संकेत को रुपमा पनि बालेन प्रबृतीले पक्षपोषण गर्दैछ ।
अनि चुनौति बन्दैछन– पुरानो सोच बोकेको नेताहरु समयमै सुध्रनुस् अन्यथा देश भरी धेरै बालेनहरु जन्मनेछौ । होशियार !
जयनेपाल जय मातृभूमि ।

भर्खरै

सम्बन्धित खबर

Language »