सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अति उपभोगवादले जन्माएको गैरकानुनी यौनबजार ,बलात्कार र नेपाली समाज

डि.बि.पराजुली
मानव समाजको बिकासक्रम संगै जन्मिएको निजि सम्पती र राज्यसत्ता बिचको अन्तरसम्बन्धले समाज निर्माण र बिकासको प्रकृयामा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
प्राकृतिक सिदान्त संग मेलखाने कुनैपनि निति नियम र कानुनले समाजको प्राकुतिक सन्तुलनलाई बिगार्न सक्दैन तर शक्तिको आडमा सत्ता र सत्ता टिकाउन आफु अनुकुल बनाउने निति नियम र कानुनले न प्राकृतिक सन्तुलनलाई कायम राख्न सक्छ न सामाजिक बिद्रोहलाई रोक्न सक्छ ।
मानवीय चेतना स्तरको बृद्धि संगै २ वटा प्रवृतिले जन्म लिएको देख्न सकिन्छ । एउटा शक्ति र सत्ता संग नजिक भएर निजि स्वार्थलाई मात्र नेतृत्व गर्ने प्राप्तिगर्ने प्रबृति र अर्को मानव जातिलाई उत्कृष्ट, पर्यावरण मैत्री र सामाजिक उत्तरदायीत्व बहनगर्न सिकाउदै सामाजिक रुपान्तरणमा आफ्नो भुमिका खोजि गर्ने प्रवृति ।
वर्तमान समाजमा पहिलो प्रवृतिले जरा गाडीरहेको मा हामि दुईमत छैनौं । यो प्रबृतिले खुलेआम प्राकृतिक सन्तुलन माथि धावा बोल्दै गएको छ । यसले मानव समाज मात्र होईन सिंगो पृथ्वीमाथि अन्यापुर्ण कार्य गर्दै आएको छ ।
सिमित संख्याको चेतनास्तर बृद्धिभएको र नयाँ युगको नाटक मन्चन गर्दै बहु संख्यक मानव जातिको दिमागमा बिज्ञान र प्रबिधि नामक भाईरस लाई छिराएर मन्दबिषको रुपमा प्रयोग भईरहेको छ ।
आज ९ गुना ५ कति हुन्छ ? भनेर कसैले सोधि हाल्यो भने हामि हत्तनपत्त क्याल्कुलेटर खोज्न थाल्छौं । हो कि होईन भन्नुस त ? नामको त कुरै छाडौं देशमा कतिवटा जिल्ला छ भनेर भन्न पनि गारो पर्ने अवस्था छ ।
सुचना संचारको नाममा हुने बिभिन्न बिज्ञापनहरुले बिस्तारै आम मानिसको दिमागमा अतिउपभोगवाद ले जरा गाडी सकेको छ । जिवन भरको कमाईको सत् प्रतिसतले सामान्य जिवन धान्न समेत नसक्ने भएपछि अपराधिक र गैरकानुनि माध्यमबाट धनआर्जन गर्ने श्रोतको खोजि गर्नु एउटा बाध्यता पनि बन्न पुगेको छ ।
यहि गैरकानुनि रुपमा आर्जित सम्पति र समाजमा बिकास भईरहेको अति उपभोगवादी चिन्तनले नेपालमा यौन बजार बिस्तार भएको प्रष्ट रुपमा देख्न सकिन्छ ।
अति उपभोगवादी चिन्तनले जन्माएको यौन बजारमा गैरकानुनि रुपमा आर्जित सम्पति ग्राहक बनेर पुग्ने गरेको छ ।
बेरोजगारी वा बाध्यतामा यौन ब्यबसाय गर्नेहरुको भन्दा पनि आफ्नो असिमित चाहनाहरुलाई सजिलै पुरागर्ने माध्यमको रुपमा यौनबजारको बिस्तार भएको छ । सामान्य होटल देखि स्टार लेभलका होटल हरुसम्म बजारका रुपमा प्रयोग भईरहेका छन् ।
यौन बजारलाई कानुनि मान्यता दिने कि प्रतिबन्ध लगाउने भन्ने बिषयमा मानव अधिकार तथा महिला अधिकारकर्मीहरुको समेत एकमत देखिदैन । केहि गैर सरकारी संस्थाहरुले त त्यस्ता बजारहरुको पहिचान गरी गर्भनिरोधक र शुरक्षित यौन संपर्कका साधनहरु निशुल्क बितरण गरीरहेका छन् ।
यौन बजार भित्रको दलालिकरणको कारण बास्तिबिक यौनकर्मी भन्दा बिचका बिचौलियाहरुले अकुत सम्पति आजर्न गरीरहेका छन् । आफ्नो सामान्य आबस्यकताको पुरा गर्ने चाहनामा तपाईँ हाम्रै छोरी चेलीहरु त्यस्ता दलालको चंगुलमा फसेका त छैनन् ? सोच्नुपर्ने अवस्था आएको छ ।
निजि क्षेत्रमा कार्यरत महिला कर्मचारी माथि कार्यलयभित्रै र त्यहिँका कर्मचारीहरुबाट हुने यौन जन्य हिंसा त अहिले सम्म बाहिर आउन सकेको नै छैन । जागिर जोगाउनकै लागि त्यस्ता हिंसा सहन बाध्यछन् महिला कर्मचारीहरु । नपत्याए तपाईकै १० जना त्यस्ता साथिहरुलाई सोधेर हेर्नुस् त ।
अब कुरा गरौं बलात्कारको ,
सहमति बिना हुने यौन जन्य कृयाकलापलाई बलात्कार भनिदै आएको भए पनि वर्तमान कानुनमा केहिकुरा थप गरीएको छ । यसलाई अहिले उमेर हदम्याद सम्म जोडेर कानुनलाई अझ मजबुद बनाउने कोशिस गरीएको छ ।
कानुन ले बर्जित गरेको कार्य गर्न समेत मानिसहरु पछि नपर्नुको कारण एकत आम मानिसमा कानुनको ज्ञाननै छैन अर्को सम्पति र शक्तिले कानुनलाई समेत सजिलै परास्त गर्न सक्ने भएपछि मनोबल बढेर नै हो ।
कानुन जतिनै कडा बनाएपनि यस्ता घटनाको बृद्धि भईरहनाले वर्तमान सामाजिक अवस्थाको चित्रण गरी रहेको छ । यसमा तपाईँ हामि पनि केहि प्रतिशत दोशी छौं । हामी ले हाम्रै परिवारको सदस्यको आनिबानि र आफ्नो छर छिमेकमा बस्ने छिमेकीको आचरणमाथि ख्याल गरेर कन्ट्रोल गर्न सक्ने हो भने केहि प्रतिशतमा भएपनि अपराधिक कृयाकलापलाई घटाउन सक्छौं ।
बलात्कारको घटना बृद्धिहुनुमा सामाजिक संजालले पनि प्रभाव पारेको छ । बिभिन्न साईडहरुमा राखिएका छाडा भिडीयो हेर्ने र उत्तेजनामा आएर घटना घटाउने सम्मकोे स्थिति देखा परेको छ ।
महिला हिंसा र कानुनबारे शैक्षिक संस्थाहरुमा कोर्सनै बनाएर र सेल्फ डिफेन्सको तालिमहरु गराएर पनि यस्ता घटनालाई न्युनिकरण गर्न सकिन्छ ।
आम महिलाले आफु माथि भएको अन्याय चुपचाप सहेर बस्नुमा यो समाजपनि त्यतिकै दोषी छ । अन्यायमा परेको महिलालाई समाजमा प्रतिस्थापन गर्नुको साटो उल्टो बिस्थापन गराउने खालका अभिब्यक्ति दिएर उसको मनोबल गिराउँदै आत्म हत्यागर्न समेत बाध्य पारीन्छ ।
पुरुष बाट त महिला असुरक्षित थिए र छन् तर अहिलेको अवस्थालाई हेर्ने हो भने महिला बाटै महिलाहरु अशुरक्षित भएका छन् ।
प्राकृतिक सन्तुलन सहितको मानवीय समवेदना लाई कानुन र धर्म मान्ने हो भने यस्ता घटनाहरु बिरलै मात्र घट्ने छन् ।

जय मानव
जय प्रकृती
२०७९÷०५÷०८
कठमाडौं

भर्खरै

सम्बन्धित खबर

Language »