सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र क्षेत्रमा “टु”ले जगाइ दिएको आशा

काठमाडौँ । नेपाली चलचित्र बजारमा कबड्डी ४ को ठुलो चर्चा छ । कोभिड १९ को कारणले चलचित्र निर्माताहरुले नयाँ चलचित्रमा लगानी गर्न डराई रहेको थियो । तर अहिले नेपाली चलचित्र कबड्डी ४ र तामाङ चलचित्र “टु”ले आशा जगाइ दिएको छ । चलचित्रकर्मीहरुलाई यसले थप उत्साह थपिदिने काम गरेका छन् ।

जेठ १५ गते बलाजुको अष्ठनारायण हलमा तामाङ चलचित्र “टु” हेर्नका लागि तामाङ चलचित्र जगतको महानायक अमिर दोङ, पत्रकार, व्यवसायी देखि सर्वसाधरणहरु विहान ७ः३० मा नै पुगिसकेको थियो । तामाङ चलचित्र हेर्नका लागि दर्शकहरुको घुईचोले नयाँ उत्साह थपेको निर्माता सिंग बहादुर तामाङले सारा खबरलाई प्रतिक्रिया दिनुभयो । निर्देशक रोशन फ्युवालाई तामाङ चलचित्र हेर्न आउनेहरुसँग प्रतिकृया लिन भ्याइ नभ्याइ थियो ।

तामाङ चलचित्र “टु” हेरेपछि दर्शकले कस्तो शिक्षा पायो होला । त्यसको समिक्षा पछि नै गरौला तर तामाङ चलचित्रलाई माया गर्ने दर्शक घटेको छैन रहेछ भन्ने सन्देश दिएको छ ।

धादिङ, नुवाकोटकमा बसोबास गर्ने तामाङ सस्कृतिलाई कथाकारले दृश्यमा देखाउने प्रयास गरेका छन् । विशेष गरेर धादिङमा भएको प्राकृतिक सुन्दरताको महत्वकोबारेमा दर्शकलाई लाभ्याउने प्रयास गरेको छ ।

कथाकारले कथालाई स्पष्ट ढंगले प्रस्तुत नगरपनि क्यामराम्यान, सम्पादन कर्ता र कलाकारले तामाङ चलचित्र “टु”लाई न्याय दिने प्रयास गरेको छ ।

परम्परागत नाकको बुलाकी, डुङ्री, मुंगा, अनि म्हेन्दोमाया पोशाकलाई चलचित्रमा राम्रोसँग प्रस्तुत गरेका छन् । पुर्खाले संरक्षण गरेर राखेको प्राकृतिक पाखा पखेरा अनि खर्कहरुको संरक्षण गर्नु पर्छ भन्ने मुल सन्देश बोकेको यो चलचित्रमा कथाकारले कथालाई रमाईलो पक्षलाई प्राथमिकता दिन खोज्दा कथा फित्लो भएको हो कि भन्ने अभास हुन्छ तर चलचित्र हेरिरहेका दर्शकलाई चलचित्र सकेको थाहै पाइदैन ।

भर्खरै

सम्बन्धित खबर

Language »