सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वातावरण जोगाउन युवाहरुको पहलमा बिशेष फोर्स निर्माण हुने

काठमाडौं । वातावरणीय प्रदुषणको कारण प्रकृतिमाथि हुने अन्याय लाई रोक्न र स्वस्थ जीवन जिउन पाउने मानवीय अधिकारलाई स्थापित गराउन बिभिन्न सामाजिक कार्यमा संलग्नहरुको एक भेलाले वातावरण जोगाउन युवाहरुको पहलमा बिशेष फोर्स निर्माण गर्ने निर्णय गरेको छ ।
हप्ता गन्नको लागि र अभियन्ताहरु जन्माउनको लागि अभियान भन्दा पनि प्रभावकारी रुपमा खवरदारी सहितको सचेतना कार्यक्रम गर्न अभियान सञ्चालन हुनुपर्ने भन्दै युवा सामाजिक अभियन्ता मुकुन्द सिलवालको संयोजकत्वमा स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान गठन भएको हो ।
बालाजु बाईसधारा उद्यान भित्र रहेको सितलामाई भजन मण्डलको हलमा बसेको भेलाले सिलवालको नेतृत्वमा अभियान अगाडी बढाउने निर्णय गरेको हो ।
कार्यक्रममा बागमती सफाई अभियान देखि चक्रपथ सरसफाइ अभियान सम्म लामो समय काम गरेका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानिय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिका बाट स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका सुमन सायमी को प्रमुख आतिथ्य , सामाजिक ब्यक्तित्व सशस्त्र प्रहरी बलका पुर्व वरिष्ठ उपरिक्षक शम्भु उप्रेती बिशेष आतिथ्य तथा कामपा १६ नम्बर वडाका सामाजि रुपमा सकृय बिभिन्न संघ संस्था र संगठनका पदाधिकारी र सामाजिक अभियन्ता हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले शिक्षा ,स्वास्थ्य ,यातायात , सरकारी कार्यालय तथा स्थानिय सरकार संग समन्वय गर्ने गरी बिभिन्न बिभागहरु बनाएर तथ्यांक संकलन , कार्वाहिको लागि सिफारीस र स्ट्रिङ अप्रेसन समेत गर्ने निति तय गर्ने योजना समेत बनाएको छ ।
उपस्थित सबैले कार्यक्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
फोहर टिप्ने अभियान मात्र समस्याको समाधान नभएको ले नितिगत तहमै यसलाई निर्णय गराएर अगाडी बढ्नु पर्ने सामाजिक रुपमा कृयाशिल अभियन्ताहरुको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »