सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय बिमानस्थलको काम अगाडी नबढाउन काठमाडौंमा प्रदर्शन

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको वर्तमान सरकारले अपहेलना गरेको भन्दै आदेश कार्यन्वयन गर्न काठमाडौंमा प्रदर्शन गरिएको छ ।
प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन्


बिनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यवद्धतास्वरूप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रदर्शन सुरू गरिएको स्थानीय नवराज सञ्जेलले बताए।
उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।
स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरूलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन्।
प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको मुख्य माग छ।
कर्यक्रममा बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी र वातावरण बिज्ञ सुदर्शन प्रधानले आ–आफ्नो धारण राख्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »