सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेठ२८ मा तामाङ चलचित्र संघको आयोजनामा”सामाजिक संजाल” 

काठमाडौं । नेपाल तामाङ चलचित्र संघको १४ औं  बार्षिक उत्सवको उपलक्ष्यमा रोशी गाउँपालिकासँगको सहकार्यमा निर्माणदिन “सामाजि सञ्जाल” डकुमेन्ट्री सार्वजनिक हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ ।

जेठ २८ गते नेपाल तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा  सार्वजनिक गर्न  लागेको संघको अध्यक्ष कुमार मोक्तानले बताउनु भयो ।

कोभिड-१९ को कारणले थलिएको तामाङ चलचित्रलाई ब्यत्याउने उदेश्यले यो छोटोे डकुमेन्ट्री प्रदर्शन गर्नलागेको पत्रकार सम्मेलन मार्फत उहाँले जानकारी दिनुभएको छ । उहाँले नेपाल तामाङ चलचित्र संघ र रोशी गाउँपालिकामा निर्माण भएको डकुमेन्ट्री ४५ मिनेटको रहेको र  कुल लागत १० लाख ४ हजारमा निर्माण सम्पन्न गरेको बताउनु भयो ।

तामाङ चलचित्र संघको भुमिका के हो ?
तामाङ चलचित्र संघमा किन चलचित्र दर्ता गर्नुपर्छ ? भन्ने खालका प्रश्नहरु उठिरहेको हुनाले यसलाई सार्थकता दिने प्रयास गर्ने बताउनु भएको छ ।

कलाकार र पत्रकार बिचमा कस्तो सहकार्य गर्नुपर्छ भन्ने सन्देश दिनको लागि “डकुमेन्ट्री” प्रदर्शन गरि शुरु गर्न लागेको बताउनु भयो ।

स्पेसल केही दिनका लागि हामीले लामो छलफलबाट डम्फू लाई “सेम्री छोरङ्न” नामबाट विभिन्न बिदामा योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई सम्मान गरिने तर त्यसको बारेमा निजोडमा नपुगेको जानकारी दिनुभयो ।

प्रमुख अतिथिको पनि केही दिनमा जानकारी दिने उहाँले बताउनु भयो भने पत्रकारहरुसँगको छलफल गरेर निजोड गरिने बताउनुभयो ।

उपाध्यक्ष अजय स्याङतान बताउनुभयो । हामीले अबको ४ महिना भित्रमा करिब ४ वटा चलचित्र प्रदर्शन हुन लागेको छ तसर्थ अब हामीले हल खोज्ने होइन हलले हाम्रो चलचित्र खोजोस् भन्ने तरिकाले चलचित्र निर्माण गर्न प्रोत्साहन दिने छ ।

उपाध्यक्ष दिपक लामाको बारेमा प्रश्न उठदा अध्यक्ष कुमार मोक्तानले सस्थाको तर्फबा उहाँलाई त्यसखालको गतिविधि नगर्नका लागि सुझाव दिइसकेको  र केही गलत सन्देश गएको हुनाले माफी माग्दै राम्रो काम गर्नका  लागि  सुझाव पनि दिनु भयो ।

“सामाजिक संञ्जाल” छोटो डकुमेन्ट्रीको पटकथा रोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष डिभि मोक्तानको रहेको र निर्देशन संघको अध्यक्ष कुमार मोक्तानको रहेको जानकारी दिनुभयो ।

अन्तमा अध्यक्ष कुमार मोक्तानले डम्फूलाई नाङ्लोकोरुपमा स्थापीत हुँदै गएको चिन्ता व्यक्त गर्दै पत्रकारहरुले राखेको जिज्ञासा र सुझावलाई स्वीकारदै पत्रकार सम्मेलन समापन गरेकाे थियोे।

महासचिव सुनिता लुङ्वाले कार्यक्रमलाई शुरु देखि अन्तसम्म सञ्चालन गरेको थियो भने सस्थाको उपाध्यक्ष अजय स्याङ्तान, केन्द्रीय सदस्यहरु जोगलाल तामाङ, तुल्साङ मोक्तान, केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष विनायक लोप्चन, लगाएतका तामाङ चलचित्र कर्मीहरुको उपस्थिति रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »