सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान

नेपालगन्ज, नेपालगन्ज उप–महानगरपालिका वार्ड नंं.–१८ भुजईगाउँमा बि.सं.२०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान कार्यक्रममा कक्षा १ देखि ७ कक्षा सम्म अध्ययनरत १ सय २३ जना मध्ये छात्र ४२ जना र छात्रा तर्फ ८१ जनालाई रु. ४००÷–रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको सो बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीले बताउनुभएको छ ।


बिद्यालयका संरक्षक तथा बिद्यालय व्यवस्थापन समितिका माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र वडा नं.–१८का वडाध्यक्ष दिपक वर्माले छात्र वितरण गर्नु भएको थियो । सो अवसरमा जेष्ठ २९ गते नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टलाई दोसल्ला ओढाएर र भुजईगाउँ निवासी बजरंगलाल बर्मा (कुर्मी) र रामलली वर्र्मा(कुर्मी) ले बिद्यालयलाई २ कट्ठा जग्गा दान गरेका बापत दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको छ ।


सो कार्यक्रममा नगर प्रमुख प्रशान्त बिष्टले यो श्री पाटेश्वरी आधारभूत बिद्यालयको दिवाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ साथैै बिद्यालयको प्रयासमा सम्पूर्ण अभिभावकहरुको ठूलो जिम्मेवारी रहेको छ । वडा नं.–१८ का वडाध्यक्ष दिपक वर्माले आफनो बिचार राख्दै वडा कार्यालयबाट बिद्यालयको लागी सहयोग यस अघि पनि गरिएको थियो र आउने दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी व्यवस्थापन समितिका सदस्य सायरा अन्सारी, साहू समाज समितिका अध्यक्ष हंशराम साहू लगायतले बिचार राखेका थिए । कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक भृकुटीतारा शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो, कार्यक्रमको सञ्चालन शिक्षक ओम प्रकाश त्रिपाठीले गर्नु भएको थियो । समाजसेवी बलराम कुर्मी, जाकीरअली मनिहार, सल्लाहकार पवन जायसवाल लगााायतको सहभागिता रहेको थियो । यसैगरी कार्यक्रममा व्यवस्थापन समितिका संरक्षक सदस्य ओम कुमारी थापा, सदस्यहरुमा रामनरेश ठाकुर, बिनोद ठाकुर, अनिता क्षेत्री, शिक्षकहरुमा सुन कुमारी थापा, सुष्मा केसी(बिष्ट), उमा श्रीवास्तव र नोकी क्षेत्रीको सक्रिय सहयोगमा छात्रबृति वितरण गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »