सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा ट्रक व्यवसायी आन्दोलित


नेपालगन्ज , बाँकेका एकहजार बढी ढुवानी व्यावसायीले आफ्ना ढुवानीका साधन थन्क्याएर आज देखि आन्दोलनमा उत्रिएका छन् । बाँकेका ट्रक व्यवसायीले सरकारी रबैयाले गर्दा आफ्नो व्यवसाय धरासयी भएको भन्दै आफ्ना ढुवानीका साधानहरु घर तथा ग्यारोजमा थन्क्याएका हुन् ।

सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवासायी पलायन हुने अवस्था आएपछि बाध्य भएर गाडीहरु थन्क्याउनु परेको नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताउनुभयो ।

राज्यको कर प्रणाली चुस्त दुरुस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अर्वौ लगानी रहेको ट्रक व्यवसाय पलायनको अवस्थामा पुगेका मल्लको गुनासो छ । इन्धन र गाडीका पाठपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर ओलीले ढुवानीका साधान चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

सरकारले निर्धारण गरेको भाडा समेत आफुहरुले पाउन नसकेको उहाँको दुखेसो छ । पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन ।

कम मूल्यमा आफुहरुले ढुवानी गरेपनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामाग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको व्यवसायीहरुको गुनासो छ । नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको भेरी ट्रक प्रालिका महासचिव रत्न बहादुर थापाले बताउनुभयो । ट्रक व्यवसायी चुंगी कर, सडक कर र गद्दी खर्चका नाममा पीडित हुनु परेको दुखेसो उनीहरुको छ । उनीहरुले आयकर र अग्रिम करलाई व्यवहारिक बनाउन माग गरेका छन् । बाँकेमा करिव एक हजार ट्रक व्यवसायी रहेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »