सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोडलहरुले एक अर्काको हात समेत नछोईकन बनाएको तामाङ प्रेमगीत “सेम ह्रो” सार्वजानिक

काठमाडौ । तामाङ गीत संगीतको बजारमा आज शुक्रबार एकै दिनमा फरक फरक किसिमका तिन वटा गीतको भिडियो सार्वजनिक भएको छ । ति मध्य गायीका सिरी लोप्चनले भने बौद्ध पिपलबोट स्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन मार्फत औपचारीक रुपमा तामाङ प्रेम गीत ‘सेम ह्रो’ भिडियो सहित सार्वजनिक गरिएको हो ।
प्रेमगीत भन्ने बित्तिकै माया पिरतीमा हुने बिभिन्न उश्रृंखल दृश्यहरु राखिने प्रचलन भएपनि यो भिडियोमा मोडलहरुले एक अर्काको हात समेत नछोईकनै भिडियो सकाएका छन् ।
निर्माण पक्षले यो भिडियोलाई पुर्ण साकाहारी भिडियोको रुपमा प्रस्तुत गरेर एउटा उदहारण समेत पेश गरेको छ ।
भिडियो गायीका सिरी लोप्चानको आफ्नै युट्युव च्यानल सिरी लोप्चान अफिसियल मार्फत सार्वजनिक गरेको हो ।
‘सेम ह्रो’ बिसुद्ध एउटा माया प्रेम संग सम्बन्धित रहेको गीत भएको हुंदा यो गीतको भिडियोमा गायीका सिरी लोप्चानले नायक सागर घिसिङलाई आफ्नो सेम ह्रो को रुपमा प्रस्तुत गरेको देखिन्छ ।
भिडियोमा नायक सागर घिसिङ र सिरी लोप्चानको प्रेम लिला संगै एक अर्काको मनको कुरा व्यक्त गरेको पाइन्छ ।
यो गीतमा ज्ञानदास तामाङको शब्द युवा गायक तथा संगीतकार बिहीन दोङको संगीत , संगीतकारद्धय बिहीन दोङ र सिरी लोप्चानको सुमधुर आवाज ,वाङ्च्यु फ्युवाको एरेन्ज, दिपेश प्रधानलको मिक्सिङ रहेको छ ।
सेम ह्रो मा निर्देशन र नृत्य निर्देशन अजय स्याङतानको रहेको छ भने , गायीका सिरी लोप्चान र नायक सागर घिसिङको अभिनय रहेको छ ।
आज सम्पन्न ‘सेम ह्रो’ सार्वजनिक तथा पत्रकार सम्मेलन स्थलमा भने अरु बेलाको कार्यक्रमहरुको जस्तो दृश्य देखिएन ।
यो कार्यक्रमलाई आयोजकले सांच्चिकै पत्रकार सम्मेलनको प्रारुप दिन खोजेका थिए । विगतका कार्यक्रमहरुको मञ्चमा प्रमुख अतिथि लगायत अन्य अतिथि हरुको लामबद्ध आसन ग्रहण संगै लामो समय सम्म भाषण कार्यक्रम हुन्थ्यो भने यो कार्यक्रममा त्यस खालका गतिविधिहरु देखिएन ।
पत्रकारको साथमा अन्य कलाकारहरुसंग रहेका प्रतिकृया माथी भिडियो निर्माण पक्ष विच छलफल तथा अन्तरकृयामै कार्यक्रमको समापन भएको थियो ।
भिडियो हेर्नुहोस‘।

भर्खरै

सम्बन्धित खबर

Language »