सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विदेशमा अलपत्र परेका पीडितकोबारेमा रिपोर्टिङ गर्दा पत्रकार माथि अभद्र व्यवाहार

काठमाडौँ । नेपाली युवाहरु विदेश पुर्याएर अलपत्र पार्ने म्यानपावर कम्पनीका सञ्चालकले पत्रकार कुशल खत्री (कुशलभ) का विरुद्ध मिडियावाजी गरिरहेको पाइएको छ । महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेसले आफ्नो कार्यालयमा पुगेर हुलहुज्जत गरेको भन्दै पत्रकार खत्रीको विरुद्ध मिडियाबाजी गरेको पाइएको हो ।

खत्री विरुद्ध म्यानपाावरका संचालक युवराज गुरुङले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएको र खत्री प्रहरीको फरार सूचीमा रहेको भन्दै केही अनलाइनहरुमा समाचार लेख्न लगाएका थिए । यस विषयमा प्रहरी बृत्त महाराजगन्ज डिएसपी प्रबेश विष्टले पत्रकारका विरुद्ध उजुरी नपरेको बताए ।

पत्रकार विरुद्धका उजुरीहरु प्रहरीले दर्ता गर्न मिल्दैन, तपाईँले कुशल सत्रीको उजुरी दर्ता गर्नुभएछ नी भन्ने प्रश्नमा विष्टले भने, ‘पत्रकार विरुद्ध उजुरी परेको बारे मलाई जानकारी छैन । यदी फैजदारी कसुर हो भने हामीले दर्ता गर्न मिल्छ । उहाँको विषय के हो म बुझौँला ।’

खत्रीले बैदेशिक रोजगार विभागका महानिर्देशकसहित बरिष्ठ निर्देशक लगायतसँग लिएको अन्तरवार्तामा म्यानपावर संचालक युवराज गुरुङले गल्ती गरेको स्वीकार गर्दै कारवाहीको दायरामा ल्याउने समेत बताएका थिए । पत्रकार खत्री पीडित युवाहरु म्यानपावर कम्पनीले ठग्यो भन्दै कार्यालयमा आएपछि त्यसको रिर्पोटिङ गर्न गएका थिए । युवाहरुले बैदेशिक रोजगार विभाग, प्रहरी वृत्त महाराजगञ्ज लगायतका ठाउँमा उजुरी गर्दा समेत काम नभएपछि खत्री कहाँ आएका हुन् ।

खत्रीले म्यानपावरका संचालक, एजेण्ट र पीडित युवाहरुलाई एकै ठाउँमा राखेर अन्तरवार्ता गरेका थिए । सोही क्रममा म्यानपावरका एजेण्ट इलामका ३० वर्षीय सुरेनकुमार योङ्गहाङ्ग, उदयपुरका ३२ वर्षीय प्रकाश तामाङ र केही पीडित युवाहरुले हुलदंगा गरेका थिए । उक्त खत्रीले मुनलाइट टेलिभिजन, संचार चौतारी डटकम र क्राइम टिभीमा प्रसारण गरेका थिए ।

त्यही विषयमा गुरुङले दुई जना एजेण्टसहित खत्रीलाई अभद्र व्यवहारको मुद्धा दायर गरेका थिए । प्रहरीले दुई जनाको मुद्धा दर्ता गरेको र गुरुङलाई खत्रीको मुद्धा प्रेस काउन्सिलमा दर्ता गर्न भन्दै उता पठाएको थियो । प्रेस काउन्सिलले खत्रीलाई यस विषयमा स्पष्टिकरण सोधेको थियो । उनले प्रयाप्त प्रमाणसहित जवाफ लेखि पठाइसकेको बताए ।

प्रहरीले दुई जना एजेण्टलाई पक्राउ गरेर अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको छ । उनीहरुलाई अहिले बैदेशिक रोजगार विभागको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

म्यानपावर कम्पनीले साउदीको रेडजोनमा परेको कम्पनीमा पठाई ४९ जनालाई ठगेर अलपत्र पारेको थियो । ती मध्ये २४ जना युवाहरुले नेपाल फर्किएर विभागमा उजुरी गरेका थिए । उजुरीको विषयमा विभागले छानविन गरी कम्पनीका संचालक गुरुङलाई दोषि ठहर गरेको थियो । पछि गुरुङले पीडित युवाहरुलाई बोलाएर केही रकम दिएर फ्रिमा मलेसिया पठाउँछु भनी प्रलोभन देखाएका थिए ।

पत्रकारले पीडितको गुनासोसहित प्रयाप्त प्रमाणका आधारमा रिर्पोटिङ गर्दा म्यानपावरका दलालसँग मिलेर प्रहरीले दुःख दिने नियतले अभद्र व्यवहारको मुद्धा लगाएको खत्रीको भनाई भनाई छ । रिर्पोटिङ गरेकै आधारमा दुःख दिन खोजे प्रहरीको विरुद्ध पनि कडा रुपमा आन्दोलनमा उत्रीने खत्रीको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »