सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कतार च्यारिटी नेपालका निर्देशकद्धारा बाँके, बर्दिया र कैलालीका कार्यक्रमको अनुगमन

नेपालगञ्ज, कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ ।

च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो । कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु भएको थियो भने दोस्रो दिन र तेस्रो दिन बाँकेको नेपालगञ्ज, बैजनाथ, नरैनापुर, राप्तीसोनारी, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा पुगेर अनुगमन गर्नु भएको थियो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले दिनु भएको जानकारी अनुसार शेषसहितको क्लबको टोलीले बाँकेको बैजनाथ चिसापानीमा निर्मित शौचालय, राजापुरको बदालपुर स्वास्थ्य चौकीमा प्रदान गरिएको एम्बुलेन्सको अवस्था र कैलालीको टिकापुरमा अपांगता भएकी एक युवतिलाई गरिएको सहयोगको अनुगमन गरेको थियो ।

सोही प्रकारले राप्तीसोनारी ७ का विपन्न किसानसंग अन्तरक्रियासंगै नरैनापुर २ मा रहेको स्वास्थ्य केन्द्रमा प्रदान गरिएको एम्बुलेन्सको अवस्था र नेपालगञ्जमा विपन्न महिलाका लागि सञ्चालनमा रहेको सिलाई कटाई तालिमको पनि अनुगमन गर्नु भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

अनुगमनका क्रममा कतार च्यारिटिले प्रदान गरेको सहयोगको सही ठाउँमा सदुपयोग गरिएको पाईएको र उक्त सहयोगबाट धेरै विपन्न र असहायलाई लाभ मिलेको प्रत्यक्ष देख्न भेट्न पाएको कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखले बताउनुभयो । अनुगमनका क्रममा धेरै ठाउँमा विभिन्न प्रकारका सहयोगहरुको थप माग पनि गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

अनुगमन टोलीमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषसंगै बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, प्रशासन र वित्त प्रमुख वेद पंगाली, कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ता लगायतको पनि सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »