सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा बागेश्वरी पार्कमा तिज उत्सव कार्यक्रम

नेपालगन्ज , हरितालिका तिजको अवसरमा बाँकेको प्रसिद्ध मन्दिर बागेश्वरी मन्दिरको पार्कमा भब्य तिज उत्सव कार्यक्रम भएको छ । नेपाल शिवसेना बाँकेले आयोजना गरेको तिज उत्सव कार्यक्रममा बाँके नेपाल शिव सेना महिला अध्यक्ष खुमा वलीको नेत्रत्वमा कार्यक्रम गरेको थियो ।

हरेक वर्ष नेपाल शिवसेनाले तिज कार्यक्रम गर्दै आएकोमा यस वर्ष पनि तिज कार्यक्रम गरेको नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले बताउनु भयो । बागेश्वरी मन्दिरमा दर्शन गर्न आउने तथा नेपालगन्ज बजारमा रहेका महिलाहरुका लागिको सघाउ पुयाउने लक्ष्यले हरेक बर्ष कार्यक्रम गर्ने गरेको अध्यक्ष रोैनियारले बताउनु थियोे ।


तिज कार्यक्रमलाई सफल बनाउन नेपाल शिवसेना बाँकेका नगर उपाध्यक्ष बिजय थापाको नेत्रत्वमा सयौं जना शिव सैनिक खटाई मन्दिर परिसरमा हुने अनैतिक क्रियाकलाप र तिज कार्यक्रममा आइपर्ने समस्यालाई समाधान गर्न शिव सैनिक खटाइएको अध्यक्ष रोैनियारले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »