काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठन वागमती प्रदेशको प्रथम अधिवेशन ले डा.मदन बिष्टलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।
बहु प्रतिभाका धनि डा. मदन बिष्ट उपाध्यक्षमा निर्वाचित भएपछि उहाँलाई बिभिन्न माध्यमबाट बधाई दिनेको घुईँचो लागेको छ ।
आफुलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुर्ण प्राध्यापक तथा सहयात्री हरुलाई डा.बिष्टले हृदयदेखि आभार ब्यक्त गर्नु भएको छ ।
सामाजिक रुपान्तरणको अभियानमा आफ्नो संगठनको दायीत्व पुरागर्न दिलोज्यन दिएर लाग्ने बताउँदै डा .बिष्टले कसैले पनि असहजता मा बाँच्नु नपरोस् भन्ने कामना समेत गर्नु भयो
प्रगतिशील प्राध्यापक संगठन वागमती प्रदेशको उपाध्यक्षमा डा.मदन बिष्ट
