सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष मल्लको सम्मान

नेपालगञ्ज, बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ललाई बुधबार नेपालगञ्जमा सम्मान गरिएको छ । अध्यक्ष मल्ललाई एकीकृत समाजवादी निकटको अनेरास्ववियु बाँकेले सम्मान गरेको छ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष इन्द्रबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनार, केन्द्रीय सदस्य अव्हुद हुँसेन खाँ, जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा लगायतले मल्ललाई सम्मान गर्नुभयो । सो अवसरमा नेता सुनारले अस्पताललाई देशकै नमूना अस्पतालको रुपमा सुधार र विकास गर्न अध्यक्ष मल्ललाई केन्द्रीत हुन आग्रह गर्नुभयो ।
क्यान्सरको उपचारका लागि भारत र चितवन तथा राजधानी जानुपर्ने अवस्था अन्त्य गराउन अध्यक्ष मल्ललाई आफुले सहयोग गर्ने सुनारले बताउनुभयो । सो अवसरमा अध्यक्ष मल्लले सबै पक्षको साथ र सहयोगमा अस्पताललाई देशकै अव्वल अस्पतालको रुपमा अघि बढाउन पहल गर्ने बताउनुभयो । खजुराबासीले ब्यक्तिगत सहयोगबाट अस्पताल निर्माण भएको भन्दै उहाँले सबैको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो । अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रदेश अध्यक्ष मल्ललाई हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »