सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायक कपिल खत्रीको बेलायतमा छायांकन गरिएको गित ´यसरी पो माया गरिन्छ` सार्वजनिक

काठमाडौं । द ग्लोबल पिक्चर्सको प्रस्तुति र निर्माण रहेको´ यसरी पो माया गरिन्छ` भन्ने बोलको गित सार्वजनिक भएको छ।

दिनेश सुबेदीको शब्द र बाबुल गिरीको संगित र मेलिना राई र बाबुल गिरीको स्वर रहेको यस गितको भिडियो बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको छ।

सार्वजनिक गितको भिडियोलाई कुशल श्रेष्ठ ले निर्देशन,छायांकन र सम्पादन गरेका छन् भने डिलु थापाको कोरियोग्राफी र बिकास धमलाको रंग सम्पादन रहेको यस गितमा चक्लेटी नायक कपिल खत्री र नव मोडेल डिम्पल मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ। नेपाली कथानक चलचित्र´ भिलेन र वान साईड लव चलचित्रको नायक र निर्माता रहेका कपिल खत्री बिगत केहि बर्ष देखि बेलायतमा बस्दै आएका छन्

।उनी बेलायतमा चलचित्र सम्बन्धि विभिन्न कामहरु गर्दै आएका छन्।

हेर्नुहोस् सार्वजनिक गितको पूरा भिडियो….

भर्खरै

सम्बन्धित खबर

Language »