सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्लड बैंकको नयाँ भवन बन्ने भयो, डुडुवामा थप २ पुल शिलान्यास

नेपालगन्ज, नेपालगन्जस्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज भवनको शिलान्यास गर्नुभएको छ। यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ।

अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ। विनियोजित बजेटमध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छ । २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ।

मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयअनुसार नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ।

यसैबीच मन्त्री राईले आजै डुडुवागाउँपालिका वडा नं ३ रमपुर्वामा र वडा नं ४, ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टाछुट्टै पुलको शिलान्यास पनि गर्नुभएको छ। यो पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला आरपार गर्न सहज हुनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »