सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रवल जनसेवा श्री सम्मानबाट सिन्धुपाल्चोकका भरत पराजुली सम्मानित

काठमाडौं । सरकारले संबिधान घोषणा भएयता संबिधन दिवसको अवसरमा बर्षेनि प्रदान गर्दै आएको  पदक बिभिन्न बिधामा देशलाई सहयोग पुर्याएका ९९८ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यो पदक पाउनेमा एकिकृत ब्यापार कम्पनीका कार्यकारी अध्यक्ष तथा सिन्धुपाल्चोक जिल्लाका समाजसेवी भरत पराजुली पनि पर्नुभएको हो ।
लामो समय देखि जलबिद्युत ब्यबसाय तथा समाजसेवामा तल्लिन रहनु भएका भरत पराजुलीलाई यो सम्मान प्राप्त भएको हो ।
नेकपा (एमाले) बाट प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट उम्मेदवारको सिफारीसमा पर्नुभएको पराजुलीले त्यस क्षेत्रमा नेपाली काँग्रस वा माओवादीको बलिया उम्मेदवारहरु संग प्रतिशपर्धा गर्नुपर्ने देखिन्छ ।
राजनितिमा सकृय नदेखिए पनि पराजुली समाजसेवा र ब्यबसाय मार्फत गरिने कृयाकलापले गर्दा चर्चित ब्यक्तित्वमा पर्नुहुन्छ ।
सिन्धुपाल्चोक को साबिक माङ्खा ०७ हाल बलेफी ०६ माङ्खामा सामान्य परिवारमा जन्मिनु भएका पराजुली अहिले भने नेपालकै उत्कृष्ट उद्योगी ,ब्यबसायी भित्र पर्नुहुन्छ ।
सम्भवत त्यो गाउँबाट यति उच्चस्तरको सम्मान पाउने उहाँनै पहिलो ब्यक्ति भएको स्थानियहरु बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »