सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७परसपुरमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर

नेपालगञ्ज , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय २१ जना लाभान्वित भएका छन् ।

स्थानीय राम गोपाल इ.मि. स्कुल परिसरमा सञ्चालन गरिएको शिविरबाट स्थानीयवासी उपचार सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न शिविरमा जनरल स्वास्थ्य तर्फ ३०६ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा महिला १६३ जना र पुरुष १४३ जनाको परीक्षण गरिएको थियो ।

त्यसैगरी आँखा स्वास्थय तर्फ २१५ जनाको परीक्षण गरिएको थियो सो मध्ये महिला १२३ र ९२ जना पुरुषले आँखा परीक्षण गराएर औषधिसमेत निःशुल्क प्राप्त गरेका थिए ।

उक्त शिविरमा सबै भन्दा बढी उमेर ८५ वर्षका पुरुष र ८० वर्षीया महिला तथा सबैभन्दा कम उमेर ३ महिनाकी बालिकाले स्वास्थ्य र आँखा परीक्षण गराएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »