सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्कोको पहलमा प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

नेपालगञ्ज, प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ ।
सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध गराएको हो ।


बर्दियाको राजापुर नगरपालिकामा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका प्रतिनिधि जनक गिरि र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीलाई र गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह केसीलाई संयुक्त रुपमा राहात सामाग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै प्लानका प्रतिनिधि गिरीले प्लान नेपाल विपदको बेलामा बर्दियाली जनताको साथमा रहेको बताउनुभयो । उहाँले प्लानले सधैं मानवीय सहयोगका कार्य गर्दै आएको पनि बताउनुभयो ।


प्लान ईनटरनेशनल नेपाल र बाँके युनेस्को क्लवको टोलीले हस्तान्तरण गरेको राहत सामाग्री बुझ्दै राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीले यस्तो गम्भीर बिपद र संकटमा हातेमालो गर्दै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।
प्लान नेपाल र बाँके युनेस्को क्लब लगायतको साझेदार संस्थाको टोलीले बर्दियाको राजापुर नगरपालिकामा १०० थान कम्बल, १०० थान झुल, १०० थान त्रिपाल र १०० थान मेट्रेस तथा गेरुवा गाउपालिकामा ५० थान कम्बल, ५० थान झुल, ५० थान त्रिपाल र ५० थान मेट्रेस हस्तान्तरण गरेको थियो ।
सो अवसरमा गेरुवा गाउपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशाशकिय अधिकृत बसबहादुर राना, बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक महेश नेपाली लगायतको पनि उपस्थिति रहेको थियो ।
गत असोज १९ गतेदेखि २५ गतेसम्म अविरल परेको बर्षातका कारण डुवानबाट पीडित तथा प्रभावितका लागि कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लवले बाँकेमा ५० थान त्रिपाल, र आफनै आन्तरिक कोषबाट बर्दियामा ५० थान त्रिपाल तथा सेल्टरमा मेस चलाउनको लागि खाद्यान्न समेत उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »