सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा प्रहरीकै संरक्षणमा साईगाउँ नाकाबाट खुलेआम तस्करी


नेपालगन्ज, बाँकेको साईगाउँ नाकाबाट अहिले तस्करीको अखडा बनेको छ। प्रहरीकै संरक्षणमा साईगाउँ बढैया नाकाबाट सुपारी कुखुरा धमाधम तस्करी हुन थालेको छ।

खुल्ला सिमाना भएका कारण बांके जिल्लाको विभिन्न नाकाबाट चोरी तस्करी बढेको पाइएको छ साईगाउँ नाकाबाट कुखुरा र कपडा देखि नेपालतर्फ तस्करी भइरहेको छ । नेपालगंजबाट ल्याइएको सुपारी पनि भारततर्फ तस्करी भएको स्रोतको दाबी छ ।

त्यहाँबाट सुपारी पनि साईगाउँ बढैया बाटै भारततर्फ पठाइएको छ । तस्करहरु बढि भन्सार छली भारतबाट नेपाल र नेपालबाट भारतमा विभिन्न सर–सामानको तस्करी गर्ने गरेको स्थानीय बासीले जानकारी दिएका छन्।

प्रहरीको मिलोमतोमा साईगाउँ, बढैया भई व्यापक रुपम तस्करी भईरहेको छ । बढैया , सिमानाकामा मुख्य कारोबार अहिले भारत उत्तर प्रदेशको सिमा नजिक पर्ने सिपरा बजार , रुपैडिहा बजार, बाबागंज बजारबाट बोईलर कुखुरा र कपडा साथै मारवलको तस्करी चली रहेको छ l

यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डियाबाट किराना समानहरु,कपडा,हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ l

यस्तै नेपालबाट मोटर ,घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ l यस्तै मोटो रकम महीनवारी बुझाउदै खसी,भैसी ,राँङ्गाको रातभरी तस्करी भईरहेको छ। स्थानीय बासीले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »