सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मासंग चुनाव लड्नेहरु त्रसित छन – विनोद अग्रहरी


नेपालगन्ज , बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले आफुसंग चुनाव लड्नेहरु हारिने डरले त्रसित बनेको बताएका छन ।

अन्य दलहरुले घरदैलो भर्खर सुरु गर्दा आफुले आधा जति मतदाताको घरमा पुगिसकेको बताउँदै जनताको चाहना परिवर्तन रहेकोले सधै चुनाव लडिरहेकाहरु हारिने डरले त्रसित बनेको बताए ।

आज नेपालगन्ज वडा नम्बर २२ पुरैनीमा घरदैलो गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्रहरीले पुराना पार्टि र पुराना सोचभएकाहरुबाट कुनै उपलव्धी हासिल नहुने भन्दै मतदाताको साथ मागे । पुरना दल र प्रतिनिधिहरुसंग जनताको पहुँच नपुग्ने र बास्तविक मतदाताको समस्या पनि समाधान नहुने तर्क अग्रहरीको छ ।

हाल सम्म १७ हजार बढि मतदातालाई घरमै पुगेर मैले भेटिसकेको छु,– अग्रहरीले भने । जनताले पनि नयाँलाई यो पटक अवसर दिनेमा आफु विस्वस्थ रहेको उनले बताए । म एक्लै पनि मतदाता कहाँ भोट माग्न गइरहेको छु, तर अन्य उम्मेदवार भने लावालस्कर लिएर गएको भन्ने सुनेको छु ।

यदि राम्रो नेता हो र जनताकोलाई केहि राम्रो काम गरेको हो भने जनताकहाँ एक्लै जान सक्नुपर्छ अग्रहरीले व्यङय गर्दै भने । विनोद अग्रहरीले भोट काट्ने मात्र हो भन्नेहरुलाई चुनौति दिदै भने मैले भोट काट्ने होइन बरु मेरा प्रतिस्प्रधिले भने मेरो भोट काटिरहेका छन । जनताले मलाई विजयि भवः भनिसकेकाले म ढुक्क छु । अग्रहरीले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »