सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किस्मत कुमार कक्षपति र रत्न खत्रीको प्रतिवद्धता महिनामा एक पटक जनताको घरमा


नेपालगन्ज, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बाँके क्षेत्र नं. ३ का एमाले उम्मेदवार किस्मतकुमार कक्षपति र प्रदेश क का उम्मेदवार रत्नबहादुर खत्रीले आफुहरु जनताको पीरमर्का बुझ्न महिनामा कम्तीमा एक पटक जनताको घरमा पुग्ने प्रतिवद्धता जनाएका छन् ।

क्षेत्र नं. ३ अन्तरगत बाँकेको बैजनाथ १ चिसापानीका विभिन्न बस्तीमा जनभेटघाटका क्रममा उम्मेदवारद्वयले सो प्रतिवद्धता जनाएका हुन । उनीहरु दुबै जनाले जनताको प्रतिनिधि भएपछि विकासको मोडल हेर्न बाँके ३ मा अरु आउने गरी काम गर्ने बताए । प्रतिनिधिसभा उम्मेदवार कक्षपति र प्रदेशसभा उम्मेदवार खत्रीले जनताको शीर ठाडो हुने गरी आफुहरुले काम गर्ने दो¥याए ।

विकास गर्न र कहाँबाट बजेट ल्याउनु पर्छ भन्ने कुरा हामीलाई राम्रो गरी थाहा छ त्यस कारण तपाईहरु निसन्देह हुनुहोस विकासको जिम्मा हाम्रो भो मतदातासंग विश्वास दिलाउँदै कक्षपति र खत्रीले भने ।

समानुपातिक उम्मेदवार दीपा शर्माले बाँके ३ मा आयातित उम्मेदवार आएको भन्दै जनता त्यसतर्फ सचेत हुनु पर्ने बताइन । उनले भनिन् जनताका मुद्दा एमालेले बोक्छ त्यसकारण एमालेलाई माया गर्न आग्रह गर्छु ।

निर्वाचन प्रचार अभियानमा क्षेत्र नं. ३ का चुनावी कमाण्डर बाबुराम गौतम, एमाले प्रदेश कमिटी सदस्य घननाथ खनाल, युवा नेता पुनित विक्रम शाह, प्रेम सुवेदीलगायत स्थानीय नेता कार्यकर्ताहरु एमालेको पक्षमा मत माग्न जनताका घरदैलो पुगेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »