सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिद्यालयमा मोबाईल ल्याउने विद्यार्थीलाई कारवाही गर्न निर्देशन

बर्दिया , बर्दियाको बढैयाताल गाउँपालिकाको शिक्षा शाखाले बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न कडा कदम चालेको छ ।

शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले सार्वजनिक बिज्ञाप्ती जारी गर्दै बिद्यार्थीहरुलाई मुन्द्रा र बाला लगाउने बिद्यार्थीहरुलाई कारवाही गर्न सम्बन्धित बिद्यालयलाई निर्देशन दिएको छ ।

त्यस्तै, भद्दा र अनावश्यक कपाल पाल्ने, बिद्यालयमा मोबाईल बोकेर आउने, बिद्यालयको पोशाक नलगाउने, गाँजा चरेश, चुरोट गुट्का खाने बिद्यार्थीहरुलाई कारवाही गर्न निर्देशन दिएको हो ।

शिक्षा प्रमुख ढकालले जारी गरेको बिज्ञाप्तीमा भनिएको छ, ७ दिन भित्रै त्यस्ता बिद्यार्थीहरुलाई अनुशासनमा ल्याउन र अनुगमनका क्रममा त्यस्तो गतिबिधि भएको पाइए कानुन बमोजिक कारवाही गरिने छ । (सदरलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »