सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कानून हातमा लिनेलाई कारवाही गर्न तरुण दल र युवा संघको माग

निर्दोषलाई फसाउने योजना नबनाउन युवा संघको चेतावनी


नेपालगञ्ज, अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंस्थित स्टारलाईट होटलमा अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूहबीचमा वादविवाद र झगडा भयो ।

प्रहरीका अनुसार सोक्रममा थापाको टाउकोमा चोट लागेको थियो । त्यसको भोली पल्ट नेपालगञ्जमा अनुराग शाह सहितका तीनजनालाई खुकुरी प्रहार गरिएको छ । यो घटनालाई राजनीतिक रंग दिन थालिएको छ ।


स्टारलाईट होटलमा भएको घटनाको बदला लिने उद्धेश्यले शाह समेतमाथि योजना बनाई खुकुरी प्रहार भएको प्रहरी श्रोतले जनाएको छ । दुबै समूह फरक–फरक राजनीतिक पृष्ठभूमी भएको प्रहरीले जनाएको छ । नेपालगञ्जको गणेशपुरमा आईतबार दिउसो नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्वल शाह र नेपालगञ्ज ३ का शुभम शाहलाई खुकरी प्रहार भएको हो ।
सो घटनामा संलग्न भएको आरोपमा नेपालगञ्ज १८ का विनय भण्डारी, ६ का तासे भन्ने प्रकाश थापा, राप्ती–सोनारी २ का नारायण डाँगी र बैजनाथ ५ का प्रकाश रसाईली भन्ने तुलसीराम सुनारलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।

घटना लगत्तै नेपाल तरुण दल बाँकेले विज्ञप्ती जारी गरी आक्रमणमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । पीडितलाई न्याय भएन र अपराधीमाथि कडा भन्दा कडा कारवाही नभएमा तरुण दल संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।

नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ बाँकेले कानूनमा हातमा लिई गरिने क्रियाकलापमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । य’वा संघले उक्त घटनाका सन्दर्भमा सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा घटनामा संलग्न नभएका मान्छेहरूको नाम जोडेर घटनालाई अतिरन्जित बनाएर आपसी रिस र बदलाको भावना राखी निर्दोष व्यक्तिहरूलाई फसाउने नियोजित योजना नबनाउन समेत जोडदार माग गरेको छ ।
अन्यथा निर्दोष व्यक्तिहरूको नाम जोडेर घटनालाई अतिरन्जित बनाउने प्रयास भएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल देश व्यापीरूपमा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको ।

भर्खरै

सम्बन्धित खबर

Language »