सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंजमा बांके जनमत पार्टी द्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपालगंज , बांके जनमत पार्टी द्वारा बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । प्रतिनिधी सभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा माननीय मंत्री अब्दुल खानलाई बांकेमा सम्मान गरिएको हो ।

प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित खाँनलाई जनमत पार्टी बांकेका अध्यक्ष पहलाद यादव तथा बांके क्षेत्र नम्बर ३ ख के पर्देश सांसद पदका प्रत्यासी सह्बुद्दिन अनसारी सहितका नेता तथा कार्यकर्ताले नेपालगंज(१२ मा रहेको सुनाखरी कटेजमा बधाई तथा सुभ कामना कार्यक्रममा सम्मान साथै आगामी कार्याकालको शुभकामना प्रदान गरिएको हो । सो अबसरमा बोल्दै पार्टी अध्यक्ष यादवले खाँन निर्वाचित भएसंगै समग्र जनमत पार्टीका कार्यकर्तामा उत्साहा थपिएको बताउँनु भयो ।

यादवले जनताको पक्षमा निरन्तरकाम गर्न र संसदमा जनताको अवाज उठाइदिन निर्वाचित सांसद खाँनलाई आग्रह गर्नुभयो । जनमत पार्टी बांकेका वरिस्ट नेता सह्बुद्दिन अनसारीले जनमत पार्टीले विगत देखी उठाएका मुद्धाहरुलाई सम्बोधन गर्ने बेला आएको र सबै समस्याहरुलाई राष्ट्रिय राजनीतिमा दरिलो गरि उठाउन आग्रह गर्नुभएको लिमरा खबरलाई अनसारीले बताए । मंत्रि अब्दुल खाँनले पार्टी र जनताको विश्वासलाई कायम राखेर अगाडी बढ्ने बताउनु भयो ।

मंत्रि अब्दुल खाँनले आफूहरु जनताको लागी राजनीतिक तथा समाजिक अधिकारको साथै बिकासका लागि निरन्तर संघर्ष गरेकोले आगामी दिनमा पनि सशक्त भुमिका निभाउने बताउनु भयो । कार्यक्रममा जनमत पार्टी बांकेका सचिव सहित जनमतका नेता ,कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो आयोजकले जनाएको छ । जनमत पार्टी बांके युवा नेता तेज नारायण कडेलले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »