सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको पचपाेकरा,साईगाउँ,बढैया, नाकाबाट खुलेआम तस्करी


नेपालगंज, बाँकेको जानकी गाउँ पालिका वडा नम्बर १ स्थित साईगाउँ सिमानाकाबाट ठूलो मात्रामा तस्करी शुरू भएको छ । सशस्त्र प्रहरी भन्सार स्थित बिओपीका घुमुवाहरूको सेटिङमा यसरी तस्करी शुरू भएको हो । सशस्त्रका घुमुवा,र नेपाल प्रहरीकोहरुले व्यापारी र तस्करहरूसंग खुलेयाम रकम असुली गरिरहेको सोझै देख्न सकिन्छ । नाम नखोल्ने सर्तमा एक जना स्थानिये बासीले सारा खबरलाई बताए।


साईगाउँ नाकामा खटिएको सशस्त्र प्रहरीको सेटिङमा अवैध सामान भित्र्याउने र पठाउने गरेको खुलेको छ। जमुनहा नाकाको पश्चिमतिरको पचपोकरा, साईगाउँ,बढैया, क्षेत्रबाट अबैध सामान भारतबाट तस्करसँग मिलेर सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा दैनिकरुपमा ठूलो परिमाणमा भन्सार छलेर अवैध सामान भित्र्याउने गरेको श्रोतको दाबी रहेको छ । यो दृश्य थियो, आइतबार बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीस्थित नेपाल-भारत अवैध नाकाको । यहाँका स्थानीय बासिन्दाका अनुसार उक्त नाकाबाट यसरी नै दैनिक रुपमा सशस्त्र प्रहरी नेपाल प्रहरीकै सेटिङमा बिना भन्सार कराडौंको सामान नेपाल भित्रिन्छ ।
सशस्त्र र नेपाल प्रहरीलाई दुई देखि तीन सय रुपैयाँ दिएर क्यारिङवालाले ठूलो परिमाणमा अवैध सामान भित्र्याउने गरेका छन् । विओपी पोष्टबाट डिउटीमा खटिने सशस्त्र र नेपाल प्रहरीका जवान देखि असइ सम्म अवैध असुली धन्धामा लागेका छन्। तस्करले,आटो,पार्ट,बैट्री, टायल मारवल,माछा,खसी,चिनी, प्याज लगायतका अवैध सामाग्री भित्र्याउने गरेका छन् । आउत,जाउतका लागि उनीहरुले दुई तीन सयरुपैयाँ डिउटीमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई रकम बुझाउने गरेको खुलेको छ।
भारतीय माछाको तस्करीमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बलको भन्सार बिओपी र बाहिनीबाट खटिएका घुमुवाहरूले साथ र संरक्षण गरिरहेको स्थानीको भनाई रहेको छ। बांके जानकी गाउँ पालिका वडा नम्बर १ साईगाउँका चर्चित तस्करका रूपमा चिनिएका नसरुद्दिन राई ,अक्बर,मुजम्मिल,मंत्रि,संजय,लोधले मिलाइएको कुरा नाम नाछप्ने सर्तमा सशस्त्र प्रहरी बल बंदरगाह बिओपीका एक जुनियर प्रहरीले जानकारी दिए ।
यसरी नेपाल भित्राएको मरेका माछाहरू नेपालगंज स्थित गोदाममा लगेर राखी त्यसपछि अन्यत्र पठाउने गरिएको खुलेको छ । माछाको तस्करीको लागि नसरुद्दिनले पांच वटा मोटर साइकलवालालाई प्रयोग गरेका छन् । प्रत्येक मोटर साइकलवालालाई एक पटकको ३०० सय रूपैयाँ दरले रकम दिएर माछा तस्करी हुदै आएको छ । एउटा मोटर साइकलले एक पटकमा झण्डै ५० किलो माछा ल्याउने गरिरहेका छन् ।

यसरी सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङ र संरक्षणमा साईगाउँ सिमानाकाबाट खुलेयाम तस्करी भैरहेको छ । यस सम्बन्धमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन देखिएका छन। सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टप्रमुखहरुको मिलोमतो र संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »