सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

करोडौंको गोलभेडाले बजार पाएन । कृषकमा निरासा।

बुटवल । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बर्दघाट नगरपालिकामा संचालित कृषि फार्म हाउसमा उत्पादन भएको गोलभेडाले बजार नपाउदा किसानले खाल्डो खनेर पुर्नु परेको छ ।
सुनौली नाकाबाट भित्रिएको भारतीय तरकारीमा स्थानीय तह र राज्यको सम्बन्धीत निकायबाट अनुगनम नहुँदा रुपन्देहीका किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार नपाएको सारा खबरको प्रतिनिधि समक्ष गुनासो पोखेको छ ।

बर्दघाट नगरपालिका वडा नं. १४ बेलानीको किसान विनोद नेपालले करिब दश विगा जमिनमा उत्पादन गरिएको आर्गनिक गोलबेडाले बजार मुल्य नपाउदा त्यसै खेर जाने चिन्ताले सताइ रहेको बताएको छ । विगत पाँच वर्षदेखि कृषि पेशा अंगाल्दै आएको युवा व्यवसायी विनोद नेपाल व्यवसाय घाटाको कारणले विदेशीन बाध्य भएको बताए ।
सारा खबरको प्रतिनिधिसँगको संवादमा भन्नु भयो । “मैले पाँच वर्षदेखि एक करोड भन्दा धेरै लगानी गरेर कृषि फार्म संचालनमा ल्याएको थियो तर कोभिडको कारणले व्यवसाय डामाडोल भयो । यस्तो अवस्थामा न त हामीलाई स्थानीय सरकारले हेरेको छ । न त प्रदेश र केन्द्र सरकारले हेरेको छ । हामीलाई अनुधान पनि छैन । भारतबाट आयत भएको तरकारीलाई मात्रै यो सरकारले नियन्त्रण गर्ने हो भने हाम्रो यी तरकारीले बजार पाउने थियो तर स्थानीय सरकार र केन्द्र सरकारले कुनै मतलब गरेको छैन । अब विदेश जाने भन्दा कुनै विकल्प छैन । ”

दशौ विगामा उत्पादन गरेको गोलभेडालाई अहिले एक ठाउँमा थुपारेर राखेका छन् । बर्दघाट नगरपालिकाको मेयरलाई हामीले यो विषयमा प्रश्न गरेका थियौ । नगरपालिकाले किसानले उत्पादन गरेको गोलभेडालाई बजार व्यवस्थापन गरिदिने बताउनु भएको छ ।

समाचार संकलनको क्रममा सारा खबरको टिम र शान्ति नेपालको टिमले भारतबाट भन्सार छली गरेर बेच्न ल्याएको करिब पाँच लाख बराबरको आलु, प्याज, लसुन बर्दघाट इलाका प्रहरीलाई बुझाएको थियो । भारतबाट भन्सार छलि गरेर ल्याएको तरकारीको अनुगमन हुन नसकेको कारणले नेपाली कृषकहरुको तरकारीले बजार नपाएको प्रस्ट देखिन्छ । बजार अनुगमनलाई स्थानीय सरकारले कडा गर्ने हो भने किसानले उत्पादन गरेको कुनैपनि बस्तुले बजार पाउने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »