सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय स्वराज पार्टी बाँकेको पहिलो जिल्ला समिति बिस्तार

नेपालगञ्ज , राष्ट्रिय स्वराज पार्टीले पहिलो जिल्ला समिति बाँकेबाट बिस्तार गरेको छ । बाँके जिल्ला अध्यक्ष अब्दुल कादिर साईको संयोजकत्वमा ३१ जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ । जसमा तीन जना उपाध्यक्ष ताहिर राई, राम निवास शाहू, सकिल जसगड रहेका छन ।


राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषको आतिथ्यतामा प्रमुख अतिथि भएको कार्यक्रम मार्फत कमिटिको सचिवमा चन्द्र कुमार गोडिया तथा उपसचिवमा बच्छराज चौहान सहित ३१ जनाको जिल्ला समिति चयन गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी उपसंयोजक चन्द्र शेखर सुनार, केन्द्रीय सचिव राजा सिंह सरदार, केन्द्रीय महिला नेतृ केन्द्रीय सदस्य जोया शेष, केन्द्रीय सदस्य रीता खटिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो । संरक्षक रियाज अहमद शेषको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक नेता जाबिर हल्वाईले संचालन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »