सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज च्याम्प्स र होलिल्यान्डको जित


नेपालगन्ज, नेपालगन्ज च्याम्प्स र होलिल्यान्ड स्कुलले मंगलबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् ।
मंगल प्रसाद उच्च माविको खे मैदानमा नेपालगन्ज च्याम्प्सले बिरता क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । अर्को खेलमा होलिल्यान्डले बाल शिक्षालाई १ सय ४६ रनले पराजित गरेको थियो ।
टस जितेर ब्याटिङ गरेको बिरताले १२.३ ओभरमा ६९ रन मात्र बनाउन सक्यो । टोलीका लागि लुकमान खानले १३ रन र सद्धाम खानले ११ रन बाहेक अन्यले गतिलो स्कोर जोडन सकेनन ।


नेपालगन्ज च्याम्प्सका लागि प्लेयर अफ द म्याच गोपालजिसीले ४ विकेट, प्रतिक गिरीले ३ विकेट र सुबास आचार्यले २ विकेट लिएकाथिए । जवाफमा च्याम्प्सले ६.३ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । च्याम्प्सका लागि फरदिनखानले अविजित ३९ रन, यासर्थ बैश्यले १२ रन र प्रविनगिरीले अविजित ११ रन बनाए । बिरताका लागि शेषराज शर्माले १ विकेट लिए ।
यसैगरी महिला तर्फको खेलमा टस हारेर ब्याटिङ गरेको होलिल्यान्डले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो । होलिल्यान्डका लागि प्लेयर अफ द म्याच जिज्ञासा थापाले अविजित ६१ रन, रन्जु श्रेष्ठले ५२ रन र मनिषा रानाले अविजित २० रन बनाए । बालशिक्षाका लागि सम्झना मगरले १ विकेट लिईन ।
जवाफमा बालशिक्षाले १५.२ ओभर खेल्दैं १० विकेटको नोक्सानीमा ४६ रनमात्र बनाउन सक्यो । बालशिक्षाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । होलिल्यान्ड का लागि दिक्षा पुरीले ३ विकेट, मनिषा राना र बिना थापाले २–२ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत बुधबार पुरुषतर्फ फालकोन स्पोर्टस क्लब र नेपालगन्ज थन्डर बिच प्रतिस्पर्धा हुनेछ । महिला तर्फको खेलमा मंगल प्रसाद उच्च मा वि स्कुल र बालशिक्षा बिच हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।


बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उप विजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उप विजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयी मान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »