सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जयेन्दु बालसुधार गृहका बालकमा छाला रोगको संक्रमण


नेपालगञ्ज, बाँक्का् डुडुवा ६ मा रहेको जयेन्दु बालसुधार गृहमा रहेका बालकहरुमा छाला रोगको संक्रमण देखिएको छ । सुधार गृहका बालकलाई छाला रोगको संक्रमणले सताए पछि स्वास्थ्य शिविर तथा औषधी बितरण गरिएको छ । एडभोकेसी फोरमले बालसुधार गृह जे. शर्मा मेडिकल स्टोरसंगको सहकार्यमा बालसुधार गृहमा स्वास्थ शिविर संचालन गरेका होे ।


लुतो, दाद, लगायतका छाला सम्बन्धी रोगको संक्रमणले बालकहरु समस्या देखिए पछि यस अघि २ पटकसम्म स्वास्थ्य शिविर संचालन गरिसकिएको एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतमले जानकारी दिनुभयो । निशल्क औषधी बितरण र स्वास्थ्य शिविरबाट मंगलबार सुधार गृहमा रहेका ७७ जना बालकले सेवा लिएका छन् ।


सुधार गृहमा रहेका बालकहरुमा हुने छाता रोग संक्रमण पुरानै समस्या भएको र केही समय निको भए जस्तो भए पनि केहि समय पछि पुन संक्रमित हुने समस्या देखिएको गौतमले बताउनुभयो । स्वास्थ्य शिविरमा संचालनमा वरिष्ठ स्वास्थ्यकर्मी जिवन शर्मा र उहाँको टोलीले सहयोग गरेको थियो ।


स्वास्थ्य चेकजाँचका क्रममा जीवाणुबाट हुने छाला सम्बन्धी लुतो, मास एन्जेमा, सामुहिक दाद, माईट एलर्जी र ब्याक्टरियल संक्रमण देखिएको र यी रोगहरु सरुवा भएको स्वास्थ्यकर्मी शर्माले जानकारी दिनुभयो । छाला रोगको संक्रमणले समस्यामा रहेका बालकहरुले स्वास्थ्य शिविरबाट आफुहरुलाई राहत भएको प्रतिक्रिया दिएका छन् ।


क्षमता भन्दा बढी बालकहरु रहदा उनीहरु कोचाकोच भई बस्नु परेको छ । धेरै सम्पर्कका रहि संगै बस्दा यो रोग एकबाट अर्कोमा सर्ने गरेको छ । बालसुधार गृहमा हाल २२३ जना बालकहरु रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »