सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल भारत मैत्री संगठन पर्यटन विभागको नेपाल संयोजकमा ज्ञवाली मनोनित

नेपालगञ्ज, नेपाल भारत मैत्री संगठनको पर्यटन बिभागको नेपाल संयोजकमा कपिलवस्तुका राजेश ज्ञवाली मनोनित भएका छन् । संगठनको भारतको वाराणसीमा बसेको विस्तारिक बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी दिएको हो । संगठनले ज्ञवालीलाई संविधान बमोजिमको जिम्मेवारी पूरा गर्ने विश्वास लिएको संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य रहेर लामो समय काम गरेको अनुवभ ज्ञवालीसँग छ ।

ज्ञवालीले संयाजकको जिम्मेवारी पाएसँगै भने नेपाल पर्यटनको सम्भावना भएको देश भएको बताउँदै यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै पनि छैन त्यसको हामीले लाभ लिनु पर्ने बताए ।

ज्ञवालीले भने भारतका मात्र पर्यटक ल्याउन सके नेपालले धेरै लाभ लिन सक्ने र नेपालको पर्यटन क्षेत्रमा पर्याप्त अनुसन्धान आवश्यक भएको बताउँदै पर्यटकले यहाँको के कुरा मन पराए, के मन पराएनन् भन्ने जानकारी नीति निर्मातालाई हुनुपर्ने र नेपालले तत्काल गर्नुपर्ने काम पूर्वाधार विकास भएको बताए । ज्ञवालीेले आफू संगठनको नेपाल संयोजक भएकाले जतिसक्दो धेरै भारतीय पर्यटक नेपाल भ्रमण गराउन र नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने लुुम्बिनी हवसँग बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »