सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ प्रेम गीत ‘एला लागीरी’ भिडियो सहित सार्वजनिक

काठमाडौ । तामाङ गीत सङ्गीतको बजारमा पछिल्ला समय माया पिरती सङ्ग सम्बन्धित गीतहरुले ठुलो हिस्सा ओगट्न सफल भएका छन । यसै क्रममा रमित लामा र सुमिना लो को सुमधुर आवाजमा तामाङ प्रेम गीत ‘एला लागीरी’ भिडियो सहित सार्वजनिक भएको छ ।

मंगलवार ललितपुर महालक्ष्मीस्थान स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको उक्त गीतमा बिष्णु घलानको शब्द रहेको छ । माया प्रेमले ओतपोत रहेको शब्दलाई जो कोहिको मन सजिलै जित्न सक्ने संगीत भने चर्चित गायक तथा संगीतकार निमा दोङको रहेको छ ।

प्रेम दिवस जुन  प्रेम गर्ने प्रेमी प्रेमिकाहरुको लागि विशेष दिन विष्णु ग्लान तामाङको प्रस्तुतिमा निर्माण गरिएको तामाङ प्रेमगीत “एला लागिरी” गीत म्युजिक भिडियो सार्वजनिक तथा पत्रकार सम्मेलन तामाङ समुदायको पहिलो गायक तथा लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा साथै विशेष अतिथि तामाङ कलाकार संघको प्रमुख सल्लाहकार तथा चर्चित गायक संजिव वाईवा लगायतका अतिथिहरुको बिचमा  लेकाली ढिटो तथा थकाली भान्छा घर एण्ड सेकुवा कर्नर महालक्ष्मी ललितपुर सम्पन्न भएको छ।

शब्द विष्णु ग्लान तामाङको शब्द, चर्चित संगीतकार तथा संगीतकार निमा दोङको संगीत,चर्चित गायिका सुमिना लो, युवा गायक  रमित लामाको सुमधुर आवाज रहेको छ।भने उक्त गीतको म्युजिक भिडियोमा मोडल विष्णु ग्लान तामाङ र रोशनी श्रेष्ठले अभिनय गरेका छन् ।

उक्त भिडियो सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम  सञ्चालन संचरकर्मी सुदिन दोङले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »