सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको अधिवेशनलाई संबोधन गर्न उपमेयर सुनिता डंगोल आउँदै

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको सातौं सधारणसभा र तेश्रो अधिवेशन लाई संवोधन गर्न काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोल आउने आयोजक संस्थाले बताएको छ ।
काठमाडौं उपत्यकामा बार्षिक ठुलो रकमको कारोबार गर्ने व्यवसायको सुचिमा पर्ने ग्रील तथा स्टील व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत २ वटा क्षेत्र र १४ वटा इकाई समितिहरु रहेका छन् ।
बिषेशगरि स्थानिय सरकार र व्यवसायीहरु बिच समझदारिहुन नसक्दा वडाकार्यालयमा व्यवसाय दर्ताहुन नसकेको अवस्थामा उपमेयर प्रमुख अतिथिको रुपमा आउने कुरालाई सकारात्मक रुपमा लिईएको छ ।
काठमाडौं जिल्लामामात्र २ हजार भन्दा बढी व्यवसायी रहेको भएपनि कोरोना ,मुल्यवुद्धि र आर्थिक मन्दिको कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगेकोले सबै व्यवसायीहरुले संस्थामा नविकरण गर्न समेत नसकेको आयोजक संस्थाको महासचिव राजु्लाल श्रेष्ठले बताउनु भयो ।
पुरानो कार्यसमिति लाई बिदाई गर्दै नयाँ कार्यसमिति बन्ने यो अधिवेशनबाट केहि नयाँ अनुहारहरुको प्रवेश हुने भएकोले यो भन्दा अगाडीको सबै बिषय स्प्रष्ट र छर्लङ्ग पारेर आफुले यो संस्था जिम्मा लगाउन चाहेको वर्तमान अध्यक्ष यज्ञदास श्रेष्ठले बताउनु भयो ।
जिल्लाको अध्यक्ष पदमा करिब करिब सहमति भईसकेको र अन्य पदमा समेत कुनै बिवाद नरहेकोले सौहार्दपुर्ण वातावरणमा अधिवेशन सम्पन्न हुने आयोजक पक्षको दावी छ ।
बालाजु ,जरंखुको साझा पाटी प्यालेस मा बिहान १० बजे शुरुहुने कार्यक्रममा शुरक्षा निकाय , पत्रकार ,समाजसेवी समेतलाई निमन्त्रणा गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »