सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा विभिन्न पार्टी परित्याग गरी चार सयभन्दा बढी नेता कार्यकर्ता राष्ट्रिय स्वराज पार्टीमा प्रवेश

नेपालगन्ज, विभिन्न पार्टी परित्याग गरी चार सयभन्दा बढी नेता कार्यकर्ता नवगठित राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् ।

डा.दुखि राम गोडिया, अधिवक्ता गोविन्द राम शर्मा, पूर्व माओवादी केन्द्रीय सदस्य क्रान्तिकारी नेता शालिकराम पाठक, पूर्व गाविस सचिव चन्द्र कुमार गोडिया, जनमत पार्टीका युवा नेता माधवराम बर्मा, जनमत महिला संघकी जिल्ला सचिव मिरा मौर्या, सहसचिव पुष्पा हरिजन लगायत एमाले, काँग्रेस, राप्रपा, जनमत, जसपा, लोसपा लगायतका पार्टी परित्याग गरी राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेको राष्ट्रिय स्वराज पार्टीका नेता तथा जिल्ला उपसभापति राम निवास साहूले जानकारी दिएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेष रहेका थिए भने केन्द्रीय नेताहरूको व्यापक उपस्थिति रहेको थियो ।

सहसंयोजक चन्द्र शेखर सुनार, केन्द्रीय महिला नेतृ जोया शेष, केन्द्रीय सदस्य रीता खटिक, पार्टी संरक्षक रियाज अहमद, सहसंरक्षक जाबिर हल्वाई, केन्द्रीय सचिव राजा सिंह सरदार तथा कार्यक्रम सभापतिमा जिल्ला सभापति अब्दुल कादिर साई रहेका थिए।

यसैगरी, कार्यक्रमको स्वागत मन्तब्य केन्द्रीय नेतृ जोया शेषले गरेका थिइन् ।

उनले सम्बोधनको क्रममा मधेश र मधेशी जनतालाई जनमत पार्टीले ठगि गरेकोले जनमत पार्टी छोड्न बाध्य भएको बताएकी छिन् ।
त्यस्तै नेता जाबिर हल्बाइले भने, ‘जनमत पार्टी र त्यसका मुखिया जनतासहित हामीलाई पनि ठगि गरेकोले आउने दिन कालोमोसो दल्न पनि पछि हट्नेछैनौ ।’

केन्द्रीय सहसंयोजक चन्द्र शेखर सुनारले आफ्नो मन्तब्यको क्रममा भनेका छन्, ‘हामी मधेशी जनताको लागि बलिदान दिन पछि हट्दैनौ तर मधेशीका गद्दारहरूलाइ अब छोडिदैनांैं । हामी इमानदारीपुुर्वक जनताको बीच बसि संघर्ष गर्छौ तर संघर्षलाई बेच्ने क्रम नरोकिएकोले हामीले राष्ट्रिय स्वराज पार्टीको स्थापना गर्न बाध्य भयौं ।’

प्रमुख अतिथि केन्द्रीय संयोजक इरफान अहमद शेषलाई नाराबाजीका साथ कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

संयोजक शेषले भने, ‘यदि सरकारले मधेसी जनतालाई अझै पनि न्याय गरेन भने हामी अन्दोलनका लागि पनि पछि हट्दैनौं । हामीले निरन्तर १२ वर्षदेखि मधेशीको लागि संघर्ष गरे जेलनेल गएपनि अहिलेसम्मको संघर्षलाई डा।सीके राउतले बेचे ।’

उनले ७ वर्षसम्मको अन्दोलनलाई डाक्टर सीके राउतले आफ्नो निजि सम्पत्ति जस्तै गरि केपीको हातबाट बेचेको आरोपसमेत लगाए ।

भर्खरै

सम्बन्धित खबर

Language »