सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको MID Year Conference भव्यताका साथ काठमाडौंमा सम्पन्न : टपटेन मेम्बरसिप स्पोन्सरमा मुकुन्द ढुंगाना

काठमाडौं। किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference भव्यताका साथ नेपालको राजधानी काठमाडौंमा सम्पन्न  भएको छ ।

किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको  यस वर्षको MID Year Conference मा  2021-22  Award and Recognition कार्यक्रम भब्यताको साथ सम्पन भएको हो  । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनल नेपालको बर्ष  2021-22  Award and Recognition कार्यक्रमको प्रमुख अतिथि किवानिज चिल्ड्रेन फन्ड इन्टरनेसनल प्रेसिडेन्ट Filip Delanote को उपस्थित रहेको थियो।

कार्यक्रममा टपटेन मेम्बर स्पोन्सरको उपाधि बाट वरिष्ठ पत्रकार मुकुन्द ढुंगानालाई सम्मान गरिएको थियो ।

देशभरका १२२ वटा किवानिज क्लबका ३००  सय भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा Award and Recognition कार्यक्रम भएको  मिडिया संयोजक मुकुन्द ढुंगानाले जानकारी दिए ।
किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference किवानिज चिल्ड्रेन फन्ड इन्टरनेसनल प्रेसिडेन्ट Filip Delanote र  डिस्ट्रिक्ट गभर्नर लक्षमण लम्सालले उद्धघाटन गरेका थिए ।
सो अवसरमा बोल्दै उनले १०७  बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपाल समेत हुनु आफैमा गर्वको कुरा भएको बताए ।
“हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्री लगायतका समान प्रदान गर्दै आएका छौं, बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, गर्भनर लम्सालले भने ।
कार्यक्रममा निर्वतमान गर्भनर एकराज पन्त , डिस्ट्रिक्ट ईलेकट गर्भनर तिर्थकुमार सिंह र भाईस डिस्ट्रिक्ट गर्भनर कृष्ण प्रसाद ज्ञावाली, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

किवानिज वर्ष २०२१-२०२२ का गभर्नरहरुले सोही वर्षमा क्लव, डिभिजन तथा डिष्ट्रिक वोर्ड सदस्यले गरेका कार्यहरुको मूल्याकंन गरी पुरस्कार र सम्मान वितरण गरिएको थियो । यस वर्षको MID Year Conference मा सहभागीहरु उत्साहित देखिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »