सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

नेपालगन्ज, नेपालगन्ज ग्रीन सिटीले सुविधा सम्पन्न र अत्याधुनिक घर विक्री सुरु गरेको छ । किफायती हाउजिङ युनिट र सर्भिस्ड प्लटको विकास गर्ने लक्ष्यसहित नेपालगन्ज उपमहानगरपालिका ६ र १३ मा २५ विघा जग्गामा चार चरणमा परियोजना कार्यान्वयन सुरु भएको परियोजना निर्देशक इरसाद राईले बताए ।

अहिलेसम्म ३०० वटा प्लटमा १३० वटा वुकिङ भइसकेको छ । एक तले घरको मूल्य ५० लाख तोकिएको छ । ‘दुईवटा वेडरुम, एउटा किचेन, ट्वाइलेट, बाथरुम सहितको एक तले घरको ५० लाख रुपैयाँ हो राईले भने–‘यसरी तयार भएको घरमा खाद्यान्न र आफुले लगाउने लुगाबाहेक सबै हाम्रो लगानीमा तयार हुन्छ ।’ यस्तै चार बेडको दुई तले घरको ९० लाख र ५ बेडको ढाई तले घरको १ करोड २० लाख मूल्य रहेको पनि उनको भनाइ छ ।

अहिले ढाई तले नमुना घर निर्माण अन्तिम चरणमा पुगेको छ । ६ महिनाभित्रमा थप ५४ वटा घर कालिका हाउजिङले निर्माण गर्दैछ । ६० प्रतिशत प्राइम बैंकमार्फत फाइनान्सको व्यवस्था गरिएको हाउजिङ बुकिङ गर्न १० लाख बुझाउनु पर्नेछ । ग्रीन सिटीमा संग्राहलय,अस्पताल, विद्यालय, सभासम्मेलन हल, जिमखाना, फुटकोट, विजनेश कम्प्लेक्स, ठाउँठाउँमा सवारी साधन पार्किङ, चिल्डे«न पार्कलगायतको परिकल्पना गरिएको छ ।

‘सकेसम्म नेपालगन्जभित्र छुट्टै सहरको परिकल्पना गरिएको छ राईले भने–‘ग्रीन सिटीभित्र सम्पूर्ण सेवा प्रवाह गर्ने योजना हाम्रो हो ।’ उनले ग्रीन सिटीलाई आन्तरिक तथा बाह्य पर्यटकिय गन्तव्यकारुपमा विकास गर्ने योजना रहेको पनि सुनाए । नेपालगन्ज ग्रीन सिटी ४ फेजमा निर्माण हुनेछ । फेज एकमा ३–१३–० विघा जग्गामा ८ रोमा १०८ वटा हाउजिङ रहने छन् । फेज दुईमा ७–१०–० विघा जग्गामा १० रोमा २०० वटा हाउजिङ रहने छन् ।
भने ३ र ४ मा १३–१७–० विघा जग्गामा ग्रीन सिटी परियोजना लागु हुने छ । कुशल योजना बनाएर पूर्वाधार लागतलाई न्यूनतम राख्न साइड प्लानिङ गरिएको छ । सडक र ढल निकास लाइन र पानी वितरण लाइनको लम्बाई घटाएर प्लटको चौडाईलाई विनियमावलीले अनुमति दिएको न्यूनतम काम गरी पंक्ती आवास किसिमको डिजाइन गरिएको छ । अर्कोतर्फ साइट योजनाले हरियाली र सामुदायिक गतिविधिहरुको लागि अधिकतम खुला स्थान सिर्जना गर्ने प्रयास समेत गरिएको राईको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »