सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लागू ओैषध विरुद्ध निःशुल्क परामर्श केन्द्रलाई वडाद्वारा सामग्री हस्तान्तरण

नेपालगञ्ज , नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० ले लागू ओैषध विरुद्ध निःशुल्क परामर्श केन्द्र, नेपालगञ्ज बाँकेलाई ५० हजार रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।


लागू ओैषध विरुद्ध निःशुल्क परामर्श केन्द्र, नेपालगञ्जमा आज एक कार्यक्रमका बीच वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले परामर्श केन्द्रका अध्यक्ष दीपेन्द्र कुमार जोशीलाई केन्द्रका लागि चाहिने ओैषधी, स्टेशनरी तथा एक थान थ्री इन वन फोटोकपी मेशिन सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।


कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का वडा अध्यक्ष श्रेष्ठले हस्तान्तरण गरिएको सामग्रीको सही सदुपयोगको बारेमा जोड दिंदै केन्द्रलाई सहयोग गर्न पाएकोमा वडा गौरान्वित भएको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा परामर्श केन्द्रका अध्यक्ष जोशीले वडालाई धन्यवाद दिंदै यस्तो किसिमको सहयोगले हामीलाई कार्य गर्ने थप उर्जा मिलेको छ, र प्राप्त सामग्रीको सही सदुपयोग हुने कुरामा केन्द्र सदा सचेत रहने बताउनु भयो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुजन विक्रम शाहले लागू ओैषधले हाम्रो समाजमा दह्रो जरा गाडिसकेकोले हाम्रो युवा पिंढी यसको दलदलमा फँसिसकेकोले समाजमा देखेका लागू ओैषध कारोबारी तथा सेवनकर्ताको बारेमा हामीले तत्काल प्रहरीलाई खबर गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारीले लागू ओैषधले कुनै एक जात, एक समुदाय वा एक वर्गलाई मात्र नोक्शान पुर्याउँदैन, यसको लतमा जो कोही पर्न सक्छ र जो कोहीलाई यसले नोक्शान पुर्याउँछ, त्यसैले यसको नजिक कोही पनि पर्नुहुँदैन । सेवनकर्तालाई सबैले आ(आफ्नो ठाउँबाट सहजिकरण गरि सभ्य समाज निर्माणमा योग्दान दिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यलय, बाँके महिला सेलका कार्यालय प्रमुख प्रहरी निरिक्षक महेश्वरी विष्टले परामर्श केन्द्रले लागू ओैषधमा फँसिसकेकोलाई परामर्श दिने कार्य मात्रै होइन, लागु ओैषधमा फँस्न नदिनेतर्फ पनि केन्द्रले कार्य अगाडि बढाउनु पर्छ भन्दै केन्द्रको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममामा परामर्श केन्द्रका सहसचिव तथा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले सहभागी सम्पूर्णलाई स्वागत गर्दै लागू ओैषध मुक्त समाज निर्माणमा हामी सबैले आ(आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र जैसपुरका अध्यक्ष शालिकराम पाठक, सहजकर्ता आश्रय श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा वडा नम्बर १० का वडाअध्यक्षलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने प्रहरी निरिक्षकद्वय तथा कोहलपुर वडा ८ का अध्यक्षलाई खादाले सम्मान गरिएको थियो
केन्द्रका कोषाध्यक्ष सरला बिष्टले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य, कार्यपालिका सदस्य लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
हस्तान्तरण गरिएका सामग्रीहरु परामर्श केन्द्रको नेपालगञ्ज गणेशमान चौकस्थित परामर्श केन्द्रमा प्रयोग गरिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »