सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दक्ष जनशक्ति उत्पादन तथा बेरोजगारी अन्त्यका लागि कार्यक्रम बनाउदै बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय

काठमाडौं । नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्दै, दक्ष जनशक्ति उत्पादन तथा बेरोजगारी अन्त्यका लागि बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय र स्वीस सरकारको सहकार्यमा सन्चालित राष्ट्रिय ब्यवसायीक योग्यता प्रणाली अन्तरगत निजि क्षेत्रको सहकार्यमा राष्ट्रिय ब्यवसायीक योग्यता प्रणाली कार्यन्वयनमा प्रदेश सरकारको भुमिका बिषयक एक कार्यशाला सम्पन्न भएको छ ।
काठमाडौं जिल्ला भित्र रहेका बिभिन्न ब्ययवसायीक संघ, संस्था हरुमा आबद्ध रहेका बिभिन्न क्षेत्रका ब्यवसायीहरुको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका महाशाखा प्रमुख खुविराम अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ ,नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, किर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्य लक्ष्मी शाक्य, चन्द्रागिरी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण भक्त श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल ब्यवसायीक योग्यता प्रणाली परियोजनाका प्राबिधिक संयोजक सुक बहादुर चौधरीले गरेका थिए,भने नेपाल ब्यवसायीक योग्यता प्रणाली परियोजनाका डिपुटी टिम लिडर प्रतिभा जोशीले परियोजनाको परिचय देखी लक्ष्य सम्मको बिषयमा प्रस्ट बनाएकी थिईन् ।
देश संघिय संरचनामा गएर तिन तहका सरकार बने पछि शिक्षाक्षेत्र हेर्ने जिम्वेवारी स्थानियसरकारले पाएको भएपनि प्रदेश सरकारको पनि यसमा महत्वपुर्ण भुमिका हरेको छ । साधारण शिक्षा प्रणाली र प्राविधिक शिक्षा प्रणालीको बिचमा भएको खाडललाई पुरेर दक्ष जनशक्ति निर्माण,बेरोजगारी अन्त्य तथा नेपालकै औद्योगिक प्रतिष्ठानहरुमा ल्याउनु परेको वैदेशिक जनशक्ति लाई न्युनिकरण गरि नेपाललाई आर्थिकरुपमा सम्पन्न बनाउने दिशामा राष्ट्रिय ब्यवसायीक योग्यता प्रणाली परियोजना निजि क्षेत्रको भुमिका बिषयमा डिपुटी लिडर प्रतिभा जोशीले प्रस्ट बनाएकी थिईन् ।
यसै गरि कार्यक्रममा रोजगारदाताहरुको तथ्यांक संकलन र कामदारहरु संगको समन्वय कसरी गर्न सकिन्छ, NSTB ले संचालन मा ल्यायको रोजगारदाताहरूको डाटाबेस के हो, डाटाबेसमा दर्ता भयो भने रोजगारदाताहरूलाई के फाइदा हुन्छ, डाटाबेसमा रोजगारदाताहरूले कसरी दर्ता गर्न सक्छन्, भन्ने बिषयमा नेपाल ब्यवसायीक योग्यता प्रणाली परियोजनाका अनुमगन अधिकृत सन्देश श्रेष्ठले जानकारी गराएका थिए ।
कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने बिषयमा निजि क्षेत्र सकारात्मक रहेकोले राज्यले नितिगतरुपमा सहजिकरण गर्नुपर्ने बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »