सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ९औं महाधिवेशन बाट निर्विरोध निर्वाचित सदस्यहरुको नामावली सार्वजानिक

काठमाडौं । गत बैशाख २१ गते सम्पन्न ग्रील तथा स्टील ब्यवसायी महासंघको २८ औं साधारणशभा तथा ९ औं महाधिवेशनबाट निर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
महासंघले ९औं महाधिवेशन बाट निर्विरोध निर्वाचित सदस्यहरुको नामावली सार्वजानिक गरेको छ ।
समितिको अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ,प्रथम उपाध्यक्ष केदार अधिकारी,द्धितिय उपाध्यक्ष ईश्वर खड्का ,तृतिय उपाध्यक्ष लिला बहादुर खड्का ,चौथो उपाध्यक्ष यज्ञदास श्रेष्ठ,पाँचौ उपाध्यक्ष सम्सोदिन शेष,महिला उपाध्यक्ष बिष्णुमाया उचही थापा ,वस्तुगत उपाध्यक्ष रुपेन्द्र बानियाँ , उपाध्यक्षहरुमा रणबहादुर बिक डि.आ. पौडेल (प्रकाश),बिमल नेपाल,बज्र सुरज आङदाम्बे,अशोक कुमार बर्मा,जिवन भट्टराई ,रमेश डंगोल ,महासचिव विवेकदास श्रेष्ठ,सचिव मोहन कुमार श्रेष्ठ,कोषाध्यक्ष मोहन श्रेष्ठ,सहसचिव कमलमान श्रेष्ठ,सहकोषध्यक्ष मुकुन्द प्रसाद भट्टराई,सदस्यहरुमा कुमार प्रसाद पौड्ल ,बिष्णु भक्त डंगोल ,राजेश श्रेष्ठ,बाल मुकुन्द नकर्मी,बिरेन्द्र मिन्दुम,भुवनदास श्रेष्ठ,महेन्द्र कुमार श्रेष्ठ ,ललित कुमार श्रेष्ठ,प्रकाश आचार्य,श्रृजना भट्टराई,रामप्रसाद पाण्डे,एकराज भट्टराई,चुडामणि बास्कोटा, राज कुमार राई रामबाबु ठाकुर,जोख बहादुर बिक(सरोज),खोपा काजि श्रेष्ठको नाम सर्वजाजिक गरिएको छ भने बाँकी सदस्यहरु उपत्यका बाहिरका जिल्लाहरु तथा उपत्याका भित्रका जिल्ला , क्षेत्र र इकाईहरु बाट समावेशिताको आधारमा मनोनयन गरिने अध्यक्ष ठुलोबाबु श्रेष्ठले बताएका छन् ।
१८ बर्ष सम्म निरन्तर अध्यक्षको पदमा रहेर कार्यगरेका निवर्तमान अध्यक्ष मोहन कटुवाल तथा संस्थाको स्थापनाकाल देखिनै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठको बिशेष उपस्थिति र बिभिन्न जिल्ला समिति ,क्षेत्र समिति ,इकाई समितिका अध्यक्ष र पदाधिकारीहरुको उपस्थितिमा नवनिर्वाचित समितिको पदभार ग्रहण गराईएको थियो ।
संस्थाका नवनिर्वाचित महासचिवले सन्चालन गरेको कार्यक्रममा क्षेत्रका अध्यक्ष जिल्ला अध्यक्षहरु तथा महासंघका निवर्तमान समितिका ब्यक्तिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो ।
कार्यक्रममा निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जनकुमार श्रेष्ठले स्वागत मनतब्य राखेका थिए भने ,राम्रो कार्य सम्पादन गरेको भन्दै संस्थाका बिभिन्न कार्यालयको कार्यालय सचिवहरुलाई सम्मान गरिएको थियो ।
महासंघको कार्यालय सचिव मिरा श्रेष्ठ र काठमाडौं जिल्लाको कार्यालय सचिव सर्मिला तामाङ सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मोहन कटुवालले संस्था र ब्यवसायी हरुको हकहितकोलागि आफ्नो अन्तिम स्वास रहेसम्म लागिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए भने संस्थालाई राजनैतिक अड्डा र गुटबन्दिको चंगुलबाट बचाउन सकियो भनेमात्र सोचेजस्तो संगठन निमार्ण गर्नसकिने विचार ब्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »