सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेका भण्डारीलाल अहिर(यादव) फेरी कृषि मन्त्री नियुक्त

नेपालगञ्ज, बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित प्रदेश सभा सदस्य भण्डारीलाल अहिर(यादव) कृषि मन्त्री नियुक्त हुनुभएको छ । लुम्विनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा जसपाबाट निर्वाचित सांसद अहिर मन्त्री नियुक्त हुनुभएको हो । अहिरसँगै लुम्बिनी प्रदेशमा थपिएका ३ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार तीन जना मन्त्री थप गर्नुभएको छ । जसलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले बुटवलमा शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा र जनमतबाट एकएक गरी तीन जना मन्त्री थपेर सात सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको छ ।

सोमबार दाङ २ ९क० बाट निर्वाचित कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, रुपन्देही ५ ९ख० मा निर्वाचित जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र बाँके २ ९क० १ मा जसपाबाट निर्वाचित भण्डारीलाल अहिरले कृषिमन्त्रीको शपथ लिनुभएको हो ।

यसअघि मन्त्री बनेका दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाउनुभएको थियो । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो । लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो ।

माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ । माओवादीबाट कृष्णा केसी नमुना र दीपेन्द्र पुनको नाम पठाइए पनि कांग्रेसबाटै पुनको नाममा विवाद खडा गरिएको माओवादीको भनाइ छ । बाँकेको डुडुवाका स्थायी बासिन्दा अहिर दोश्रो पटकमा पनि कृषि मन्त्री नै नियुक्त हुनुभएको छ । यसअघि एमाले नेतृत्वको सरकारमा पनि अहिर केही दिन कृषि मन्त्री हुनुभएको थियो । पुर्व शिक्षक समेत रहनुभएका अहिरले २०७४ देखि ७९ सम्म डुडुवा ३ को वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »