सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको कारकादौंमा साना सिँचाई

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले पहिलो कार्यकालमा सडक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुभएको थियो । दोश्रो कार्यकालमा भने वर्माले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र कृषिलाई पनि प्राथमिकता दिनुभएको छ । शैक्षिक सुधार र स्वास्थ्य सुधारमा अग्रसरता देखाएर बजेट विनियोजन गर्नुभएका वर्माले कृषितर्फ साना सिँचाईमा जोड दिनुभएको छ ।


साना सिँचाई अन्तर्गत विभिन्न गाउँटोलमा समरसेल, ट्युवेल गाड्ने काम भईरहेको छ । नमूनावस्ती र आसपासका टोलमा ३ वटा समरसेल जडान भई किसानले सिँचाई सुरु गरिसकेको अध्यक्ष वर्माले बताउनुभयो । यसैगरी भुजईगाउँ र कारकादौंमा पनि यसैगरी समरसेल जडान गरिने भएको छ ।
कारकादौंमा खेतीयोग्य जमिन घरबासमा बढि प्रयोग भईरहेकोमा साना सिँचाईका माध्यमबाट त्यसलाई रोकन सकिने वर्माको बिश्वास रहेको छ । वडा सदस्य दिग्विजय ढुंगानाले अहिले पनि जनताको पहिलो माग भौतिक पूर्वाधार विकास भएपनि वडा कार्यालयले भौतिकसँगै अन्य कामलाई पनि प्राथमिकता दिदै आएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »