सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘सोक्ला रक क्लाईम्विङ महोत्सव २०८०’ को तयारी पूरा

अमेरिका/अलाभामा । ‘सोक्ला रक क्लाईम्विङ महोत्सव २०८०’ को तयारी पूरा भएको काठमाडौँमा मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

माउन्टेन गाइड एसोसिएसन अफ नेपालको आयोजनामा यही जेठ १८ र १९ गते दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ मा हुने सोक्ला रक क्लाईम्विङको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

माउन्टेन गाइड एसोसिएसन अफ नेपाल मोगानका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे शेर्पा र महासचिव रामकाजी तिवारीको टिमले सोक्ला रक क्लाईम्विङ रुट क्लियर तथा फिक्सिङ गरिसकेको आयोजक संस्थाका संयोजक अर्जुन तामाङले बताएका छन् ।

कुल १० लाख खर्च अनुमान गरिएको रक क्लाईम्विङमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाल आर्मीको टिमको समेत सहभागी हुनेछ । साथै, सगरमाथा आरोही रक क्लाईम्वरहरुको टिम पनि सहभागी हुने रक क्लाईम्विङमा स्काउट टिमको विशेष सहयोग रहनेछ । रक क्लाईम्विङमा निःशुल्क रूपमा सहभागी हुन पाउने बताउँदै संयोजक अर्जुन तामाङले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै साहसिक पर्यटन प्रवर्द्धनमा खास भूमिका रहने बताएका छन् ।

४०० मिटर उचाइमा रहेको सोक्लाको भीरमा हुने रक क्लाईम्विङले त्यहाँको ग्रामीण विकास, सडक सञ्जालको स्तरउन्नती, ग्रामीण पर्यटन प्रवर्द्धन, होमस्टेको अवधारणाको विकास गर्ने र स्थानीयमा आत्मनिर्भर तथा हुने अर्ग्यानिक उत्पादनमा समेत टेवा पुग्नेछ । कार्यक्रमको लागि नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग रहेको आयोजक संस्थाले जनाएको छ ।

दुई दिने महोत्सवको सह आयोजक भीमेश्वर नगरपालिका पनि रहेको छन् भने सहयोगी संस्थाहरू नेपाल पर्वतारोहण सङ्घ एनएमए‚ ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल टान‚ ग्रामीण पर्यटन विकास समाज भिटोफ‚ द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन र आशीर्वाद कोरियन भाषा स्कुल रहेका छन् । त्यस्तै प्राविधिक सहयोगमा माउन्टेन गाइड एसोसिएसन अफ नेपालले गरेका छन् ।

शोक्लाश्वरी पर्यटन विकास समाजद्वारा सोक्ला भ्याली क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धनका लागि सोक्ला रक क्लाईम्विङ महोत्सवको आयोजना गरिएको हो । सदरमुकाम चरिकोटबाट ८ किलोमिटरको दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रुपमा समेत महत्वपूर्ण रहेको छ । सत्य युगमा तामाकोशीलाई रोकेर ताल बनाउन कालिञ्चोक क्षेत्रबाट ल्याइएका डिलढुंगाहरु अहिले पनि सोक्ला गाँउमा इतिहास भएर उभिएका छन् । वन झाँक्री बस्ने गुफादेखि सोक्लाश्वर महादेवसम्मको कथा यो क्षेत्रको ऐतिहासिक किंवदन्ती बनेर रहेको छ । सोक्ला क्षेत्रमा माघ १ गते बाघ नुहाउने ढुंगेधारादेखि गुमडाँडा पर्वतसम्मको किंवदन्ती र नागबेली तामाकोशीको सुन्दरता हेर्न सकिने स्थानीय बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »