सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायिका मिना लामाको निर्माण र अभिनय गरेको चलचित्र “चौबन्दी”को विशेष प्रदर्शनी सम्पन्न

काठमाडौं । कोरोनाको त्राससँगै लकडाउन भएपछि नेपाली चलचित्रका गतिविधि ठप्प भएकामा पछिल्लो समयमा भने विस्तारै बजार तात्न थालेको छ ।
यसैबिच चर्चित लोकदोहोरी गायिका मिना लामाले निर्माण गरेको चलचित्र “चौबन्दी” को जेठ ६ गते शनिबारका दिन च्यारिटी शो गरिएको छ ।

यस चलचित्रको शो काठमाडौंस्थित बिजी मलको बि.एस.आर. मुभिजको हलमा सम्पन्न भएको हो ।

चौबन्दी चलचित्रको च्यारिटी शो पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

चौबन्दी चलचित्रको च्यारिटी शो को अवसरमा विभिन्न समाजसेवीहरु र चलचित्रसँग जोडिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो

। चलचित्रमा निर्मात्री तथा नायिका समेत रहेकी मिना लामाको कथा रहेको छ भने निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा उनीसहित स्व। कलाकार जयनन्द लामा, रश्मी भट्ट,दिपाशा बिसी, रितु तामाङलगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई रोयल मुभिज प्रा।लि।ले निर्माण गरेको हो ।

यो चलचित्रमा सामाजिक आफ्नै जिवन कथालाई आधारित बनाएर सामाजिक विषयवस्तु जोडिएको निर्मात्री लामाले बताएकी छिन् ।
साथै यस चलचित्रलाई नेपालका हलहरुमा प्रदर्शन गर्ने सोंच तुरुन्तै नभएको र विदेशमा आफू जाने कार्यक्रममा कोसेलीका रुपमा यस लगेर प्रदर्शन गरिने कुरा उनले बताईन् ।

भर्खरै

सम्बन्धित खबर

Language »