सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपालबाट सेफ सरोज सिंह थापाको सहभागिता

सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपाली युवा सेलिब्रेटी पेस्ट्री सेफ सरोज सिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् ।

अन्तर्राष्ट्रिय पेस्ट्री क्षेत्रमा जजको रुपमा उपस्थित भइसकेका सबैका प्रेरणाका श्रोत मानिने थापा पेस्ट्री क्षेत्रमा अनुभव, ज्ञान र सीपको जादुले नेपालमा मात्रै नभई विदेशमा पनि उत्तिकै प्रशंसक बटुल्न सफल चिरपरिचित नाम हो ।

सेमिनारमा विश्व-स्तरीय खानाको इकोसिस्टमको भविष्यलाई सहयोगी रूपमा सक्षम पार्ने विश्वव्यापी खाद्य सामग्री टेक प्लेटफर्म खाद्य उद्योगमा सधैं विकसित हुने खाना र पोषण प्रवृति,व्यावसायिक ज्ञान, अनुसन्धान फुड सम्वद्ध विषयको छलफल, प्रदर्शनी र तालिमका साथै सेफहरुको मुल्यांकन गरी ग्रेडिङसमेत गरिएको थियो ।

सिएसएम इनग्रेडिएंट्सको आयोजनामा फ्रान्समा यही जुन ५ बाट ९ सम्म चलिरहेको उक्त सेमिनारमा इजरायल, साउदी, अमेरिका, ग्रीस, इटाली, फ्रान्स, युके, जर्मनी लगाएतको मुलुकका चर्चित सेफहरुका साथ नेपाली ढाकाटोपीमा सजिएर नेपालबाट थापाको सहभागिता रहेको थियोे ।

फ्रान्समा रहदा सेलिब्रेटी पेस्ट्री सेफ सरोज सिंह थापाले पेरिसको प्रसिद्ध पेस्ट्री स्कूल इकोल बेलुएट कन्सेलबाट मोडन पेस्ट्री र केक एडभान्स डिप्लोमा एवम् हस्पिटालिटी प्रतिष्ठानमा प्रशिक्षण कार्यमा पनि उनी सकृय रहने छन। विश्व चर्चित पेस्ट्रि सेफ थापा आफ्नो सीप, क्षमता र कलामार्फत विश्वमाझ नेपाल र नेपालीलाई चिनाउन आगामी दिनमा थप प्रयत्न गर्ने अठोट उनी व्यक्त गर्छन् ।

आफूसँग रहेका कलालाई नेपालमा समेत प्रवद्र्धन गर्ने नेपाली उत्पादनको विभिन्न पेस्ट्री परिकार बनाउने बिधि समेटिएको ‘कुक बुक’आउने अन्तिम तयारीमा छ ।

थापा सालिनता,दक्षता, इमानदारी र दक्ष लिडरसिपका कारण दर्जनौ होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ हुदै हाल साउदीको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सम्हाल्न पुगेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »