सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माधव सापकोटा “सुवोध”को हातबाट साँचो हस्तान्तरण गरिएको बिद्यालयलाई तोक बहादुर गधराज “तोकेन्द्र”को एकलाख पन्ध्रहजार सहयोग

सिन्धुपाल्चोक । पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको विशेष पहलमा भारतीय राजदुतावासको सहयोगमा नवनिर्मित श्री सरस्वती मा.वि. बलेकी ७ को विद्यालय भवन सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नं १ का सांसद माधव सापकोटाको प्रमुख आतिथ्यता , बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण सुवेदीको बिशेष आतिथ्यता मा विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण तथा उद्घाटन समारोह भव्य सभ्य रुपमा सम्पन्न भएको छ ।


सो कार्यक्रमको अवसरमा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वयसमितिका सचिव तथा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका सहकोषाध्यक्ष समेत रहेका समाजसेवी तोक बहादुर गधराज “तोकेन्द्र”ले आफ्नो स्वर्गीय हजर बुवा गजबिर गधराज र बुवा नन्दबिर गधराराज को नाम बाट अति बिपन्न छात्र तथा छात्राको लागि सहयोग स्वरुप गजान्नन्द अक्षय कोष श्री सरस्वती मा.वि. बलेकी ७ मा एकलाख बराबरको बनाउने घोषणा गरेका थिए । साथैर सम्रक्षक को रुपमा बिद्यालयको लागि पन्ध्रहजार समेत सहयोग गरेका थिए ।


तोकेन्द्रका साथै लिलानाथ पराजुली दश हजार,श्रीलाल तामाङ दश हजार, गणेश बहादुर गहतराज दश हजार ,ठाकुर प्रसाद आचार्य दश हजार, साकार नेपाली एकहजार पाचसय सहयोगको घोषणा भएको थियो
कार्यक्रममा शिक्षक,विद्यार्थी, स्थानिय वुद्दिजिवी, समाजसेवी हरु र निर्माण कार्यमा प्रत्यक्ष सम्लग्न रहि योजनालाई समयमा नै सम्पन्न गर्ने वर्तमान विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नीर कुमार तामाङ “फावाङ” लगायत को उपस्थिति रहेको थियो ।

यसका साथै प्रतिनिधि सभा सदस्य एवम माओवादी केन्द्रका युवा नेता माधव सापकोटा सुबोधले बलेफी गाउँपालिका ८ मा निर्मित टोप्का बसेरी रेलिङ बाटो उद्घाटन गरेका थिए । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको २५ लाख बजेटमा ढुङ्गा छापेर स्टीलको रेलिङ राखेर बनाईएको बाटोले जोखिम हटेको स्थानियहरुको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »