सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सदस्यता नवीकरणको शुद्धीकरण : शिक्षक, कर्मचारी र राजनीति नेतृत्वको सिफारिस

वावुराम श्रेष्ठ असार २ गते,

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले शिक्षक, कर्मचारी र राजनीतिक दलको नेतृत्व तहमा पदाधिकारीलाई समेत सदस्यता नवीकरणको शुद्धीकरणका लागि सिफारिस गरेको छ ।

जस अनुसार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, नीलकण्ठ बहुमुखी क्याम्पसका कर्मचारी मनिष दुवाडी, नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक मुराली अधिकारी, प्रमोद भट्ट (हाल दुबईमा) र एनएलजीका इन्स्योरेन्स कर्मचारी रेख बहादुर गुरुङको नाम शुद्धीकरणका लागि सिफारिस गरेको हो ।

छत्कुली नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य भएको प्रमाणित हुँदा समेत पत्रकार महासंघ धादिङले उनको नाम शुद्धीकरणको लागि सिफारिस गरेको हो । यति मात्र होइन छत्कुली गत बैशाख ११ गते सोमवार भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको ११ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा चयन भएका थिए ।

महासंघ धादिङले यी चार जनाको नाम शुद्धीकरणको लागि सिफारिस गरेपछि अहिले धादिङका पत्रकारहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । सामाजिक सञ्जाल मार्फत भनेका छन् शुद्धीकरण अभियानमा पावर र बहुमतको कदर भयो । यसलाई छानविन होस । यदि होइन भने पत्रकार महासंघ धादिङमा अर्को खोल्न नपारोस भनी अध्यषलाई चेतवानी समेत दिएको छ ।

नेपाल पत्रकार महासंघ धादिङले यस वर्ष ४९ जनाको मात्रै सदस्यता नवीकरणका लागि सिफारिस गरेको छ । समाजिक सञ्जालमा कसले के भने धादिङका बरिष्ठ पत्रकार केशव अधिकारीले आफ्नो फेसबुकमा लेख्नु भएको छ ः सिधा अर्थमा पत्रकारिता गर्ने ब्यक्तिलाई पत्रकार भनिन्छ ।

नेपालमा पत्रकार आचारसंहिता २०६० तथा अन्य निकायले गरेको परिभाषामा पत्रकार भन्नाले छापा, बिद्युतीय, तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका सञ्चार माध्यममा समाचार सामाग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्य सँग आवद्ध प्रधानसम्पादक, सम्पादक मण्डलका सदस्यहरू, सम्बाददाता, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरामेन, व्यंग्य चित्रकार, कार्यक्रम निर्माता तथा संचालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादक जस्ता पत्रकारिता पेशासँग सम्बन्धित ब्यक्तिलाई पत्रकार भनिन्छ ।

कुनै पनि पत्रकार नेपाल पत्रकार महासँघको सदस्य हुनैपर्छ भन्ने कुनै बाध्यकारी प्राबधान कहिँ कतै नभएकोले पत्रकारिता पेशामा सकृय रहेका जो कोहिले निर्धक्कसँग पत्रकारिता गर्न पाँउदछ । हिजो सदस्यता बितरण पेशागत हकहित र पत्रकारिताको बिकासका लागि गरिएको थिएन, दलिय कोटामा संख्या थपेर बहुमत बनाई कुर्सीमा आसिन हुन चाहनेहरुको स्वार्थमा बाडिएको सदस्यताको अब कुनै महत्व नभएकोले नेपाल पत्रकार महासँघ लाजले मुख छोप्दै सदस्यता शुद्धीकरण अभियान चलाईरहेको छ ।

त्यसैले पत्रकार हुनका लागि नेपाल पत्रकार महासङ्घको सदस्यता होइन पत्रपत्रिका, प्रशारण संस्था, समाचार संस्था (एजेन्सी ) जहाँ कार्यरत रहेपनि हुन्छ, आफ्नो सिप, क्षमताको सदुपयोग गरौं । पत्रकारको उत्तरदायित्व पुरा गरौं । अहिलेसम्म भोट बैंकको रूपमा मात्रै प्रयोग भएको सदस्यतामा नअलमिऔ । सामाजिक सञ्जालमा भएको विरोध पत्रकार केशव अधिकारी ः यो शुद्धीकरण अभियानमा बाहुबलिले काम गरेको छ ।

समान हैसियतका कसैलाई डोजर चलाईएको छ कसैलाई पुष्प गुच्छाले स्वागत गरिएको छ । दलिय पत्रकार सँगठनले भागबन्डामा शुद्धीकरण सफल बनाए धादिङमा । बद्री अधिकारी पत्रकार महासंघको हालको निर्णय पक्षपाती छ,अव महासंघ सवैको साझा संस्था नबन्ने देखिन्छ,सुद्धिकरणमा सोचबिचार गर्न जरुरी छ । पत्रकार सितारम अधिकारी ः जे भएपनि सबैलाई एउटै नियम नहुनी रहेछ । दोलख गुरुङ ः पत्रकारधारी ठेकेदार र माफियाको बोलबाल चल्छ धादिङमा । अर्जुन खतिवडा ः राजारामको नैतिकता भन्ने रहेन ।

दामोदर अर्याल ः सरकारी तनखा मासिक बुझ्नेहरु अटाएका छन् तर केही यस्ता मान्छेहरुको नाम छैन जो अन्य कुनै पेशा हुनुहुन्न,अनि आफ्न योग्यता क्षमताले भ्याए सम्म संचारक्षेत्रमा काम गर्दै हुनुहुन्छ अनि शुद्धीकरणको नाममा नौट्की किन ? हिक्मत छ कसलाई किन ? कुन ? कारणले सिफारिस भएको ÷ नभएको भन्ने बारेमा बिचबजार चोकमा बसेर १,१ व्यक्तिको बारेमा छलफल चलाउन ?

म अहिले सिफारिस गरिएको भनि बाहिर आएको र सिफारिस नभएकोहरुको नाममा बहसमा भाग लिन चाहन्छु ,आँट साहास छ भने खबर पाउँ है । कृष्ण शिशिर ढकाल ः मेरो हकम केही गुनासो छैन तर स्कुल कलेजमा पूर्णकालिन काम गर्ने, म्यान्पावर खोलेर धन्दा गर्ने , मिडियालाई आवरण बनाई विभिन्न क्रियाकलापमा सक्रिय महानुभावहरुलाई चाहिँ किन लाज नभाको???

पत्रकार महासंघ धादिङको ब्यवहार अलि विभेदपुर्ण भएन र ??? शुद्धीकरण गर्नु राम्रो हो तर यो कस्तोखालको शुद्धीकरण हो? किशोर अधिकारी ः पक्षपात ब्याबहार नगरौं ,शुद्धीकरण गर्ने भनिएपछी शुद्धीकरण गरौं हैन भने हाम्रा नाम नि समाबेश गरौं त्यहाँ नाम देखीएका केहि मध्ये त प्रत्रकारिता मा हामिले धेरै काम गरेका छौं,हैन भने ७० जनाको अर्को महांसघ बनाउन नपरोस, चेतना होस् ।

भर्खरै

सम्बन्धित खबर

Language »