सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु


नेपालगन्ज, स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको छ । कालीका हाउजिङ प्रालिले नेपालगन्ज –६ स्थित हरियाबाबारोड रामनगरमा ५० बिघा जग्गामा सो ग्रिन सिटी निर्माण सुरु गरेको हो ।


कालीका हाउजिङ प्रालिद्वारा निर्माणाधीन सो ग्रिन सिटीका परियोजना निर्देशक इरसाद राईले नेपालगन्ज १३ र १४ मा ५० बिघा क्षेत्रफलमा निर्माण गर्नेगरी हाल २५ बिघामा निर्माण सुरु गरिएको बताउनुभयो ।
बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग एकान्त तथा मनोरम वातावरणसहितको ग्रिन सिटी निर्माण हुन थालेको जनाउँदै कुल पाँच अर्ब लगानीमा सो सिटी निर्माण भइरहेको बताउनुभयो ।
परियोजना निर्देशक राईका अनुसार एक हजार घरधुरी रहेको सो हरियो सहरमा बैङ्क र ठुला अस्पतालसँगै वातावरणमैत्री उद्योग र कलकारखाना पनि सञ्चालन गरिनेछन् । त्यसका लागि काठमाडौं र भारतीय अस्पताललाई लगानी गर्न अनुरोध गरिएको छ । उक्त ग्रिन सिटीभित्र व्यावसायिक मार्केट पनि हुनेछ ।
कालीका हाउजिङ प्रालिले सो सिटी पश्चिमनेपालकै आधुनिक र व्यवस्थित तथा उत्कृष्ट सुविधा सम्पन्न सिटी हुने दाबी गरेको छ । प्रालिका अनुसार प्रत्येक घरधुरीलाई घरआङ्गनका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ । स्वच्छ हरियालीसहित परिदृश्यको लागि ३५ प्रतिशतभन्दा बढी भूमि छुट्याई हरियाली सहरलाई प्रोत्साहन गरिएको छ । मौसम अनुकूल हावापानीलाई सामना गर्न साइड प्लानिङ पनि गरिएको छ ।’
कम्पनीले कुशल योजनासहित पूर्वाधार लागतलाई न्यूनतम बनाइ साइड प्लानिङ गरिएको जनाएको छ । शान्त, स्वच्छ तथा हरियाली वातावरणमा अवस्थित रहेको सो सिटीमा घडेरी र घर किनमेल समेत सुरु भएको छ ।
ग्रिन सिटी परियोजनाका निर्देशक राईले नेपालकै नमुना बस्ती बनाइने सो सिटीमा आफ्नै कम्पाउण्डभित्र स्कुल, कलेज, हस्पिटल, व्यावसायिक योजना हुनेछन् । उहाँले ग्रिन सिटीभित्रै बसोबास गर्ने जनशक्तिलाई लक्षित गरी रोजगार दिने उद्देश्यले विभिन्न वातावरणमैत्री उद्योग तथा कलकारखाना खोलिने योजना रहेको बताउनुभयो ।
राईले थप्नुभयो, ‘हरेक आयस्तरका वर्गलाई लक्षित गरी सबैजना अट्न सक्नेगरी सिटी प्लानिङ गरिएको छ, कम्पाउण्डभित्र विद्युतीय तार अण्डरग्राउण्ड गरिनेछ ।’

भर्खरै

सम्बन्धित खबर

Language »