सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा अध्ययनरत विधार्थी प्रजिता भेटवालबाट नेपालमा शैक्षिक सामाग्री वितरण

अमेरिकाकाे Bellarmine University मा अध्ययरत छात्रा प्रजिता भेटवालले आफुले उक्त युनिभर्सिटीमा शैक्षिक कार्यक्रममा जितेको पुरस्कारबाट नेपालका बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ ।


प्रजिता भेटवालको तर्फबाट रामेछाप जिल्लाको गोकुलगँगा ४ बेतालीमा अवस्थित जनजागृत माध्यामिक बिध्यालयमा अध्ययरत ५५० जना छात्रा छात्रहरु लाभान्वित हुने गरि खेलखुदका सामाग्री कपि कलम लगायत पुस्ताकालयको लागि पुस्तकहरु बितरण गरिएको थियो ।


महिला लघुवित्तको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा ३ दिने निशुल्क शिविर कार्यक्रममा सहभागी भई प्रजिता भेटवालले उक्त सामाग्री वितरण गर्नु भएको थियो।


विधालयका प्राध्यापकले प्रजिता भेटवाल लाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »