सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायीहरुलाई कारखानामै पुगेर टिटानसको खोप लगाउन थालियो

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ,काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत सानो भर्याङ — ठुलो भर्याङ एरिया समितिको आयोजनामा ग्रील तथा स्टील ब्यवसायीहरुलाई कारखानामै पुगेर टिटानसको खोप लगाउन शुरु गरिएको छ ।
फलाम जन्य काम गर्दा लाग्ने चोटपटक बाटहुने हानि नोक्सानी लाई न्युनिकरण गर्न एरिया समितिले यो कार्यक्रमको आयोजना गरेको सानो भर्याङ — ठुलो भर्याङ एरिया समितिका अध्यक्ष दिलिप लामाले बताउनु भयो
देशै भरि ठुलो सन्जाल रहेको ग्रील तथा स्टील ब्यवसायीहरुको काठमाडौं जिल्लामा मात्र १४ वटा एरिया २ वटा क्षेत्र र काठमाडौं जिल्ल समिति रहेको छ ।
अत्यन्तै जोखिमपुर्ण ब्यवसायको रुपमा लिईने यो ब्यवसायलाई मर्यादित र शुरक्षित बनाउन बिभिन्न समितिहरुले कार्यहरु गरिरहेका छन् ।
कारखाना मै पुगेर टिटानस खोप लगाउने कार्यक्रममा काठमाडौं जिल्लाका उपाध्यक्ष जुद्द बहादुर चन्द ,पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी तथा पश्चिम क्षेत्र अन्तर्गत सानो भर्याङ — ठुलो भर्याङ एरिया समितिका पदाधिकारीहरुको उपस्थिति रहेको छ ।
आज दिनभर चल्ने यो अभियानमा आफ्नो एरियामा रहेका सबै ब्यवसायीहरुकोमा पुग्ने लक्ष्य रहेको अध्यक्ष लामाले बताउनु भयो ।
आगामी दिनहरुमा माथिल्लो समितिहरुबाट कुनैपनि योजना र कार्यक्रमहरु नआए यरिया समिति आफैंले योजना बनाएर अगाडी बढ्ने बिषयमा समेत समितिमा छलफल भएको अध्यक्ष लामाले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »